Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रधानमन्त्री कपकाे उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच भिडन्त हुदै


  • लुम्बिनी चिन्तन
  • चैत्र १५, २०८१ शनिवार
  • 504
    SHARES

प्रधानमन्त्री कपकाे  उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच भिडन्त हुदै

शनिबार, १६ चैत ।  प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिच भिडन्त हुदैछ । पुलिस साविक विजेता समेत हो । 

शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरु उपाधि प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहेको बताए । सिद्धार्थ क्रिकेट मैदानमा यी दुई टीमबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

पत्रकार सम्मेलनमा कप्तानद्वयले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने उल्लेख गरे । उनीहरुले विगतको भन्दा यसपटक भैरहवाको मैदानको पिच राम्रो भएकाले खेल प्रतिस्पर्धात्मक हुने जनाए । 

२०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ। 

प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टिमले ८–८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ । 

पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् । भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुंदैछ । फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ । उपाधि रक्षाका लागि दुबै टिमले आन्तरिक रणनीति बनाएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार