Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा कर्पोरेट कप क्रिकेट टुर्नामेण्टको आयोजना, ३३ टिमको सहभागिता 


  • लुम्बिनी चिन्तन
  • जेठ १२, २०८२ आइतवार
  • 426
    SHARES

नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा कर्पोरेट कप क्रिकेट टुर्नामेण्टको आयोजना, ३३ टिमको सहभागिता 


भैरहवा, जेठ ११ । लुम्बिनी प्रदेशको तिलोत्तमा–१७ स्थित एक्सट्रा टेक ओभल इन्टरनेसनल क्रिकेट स्टेडियममा आगामी जेष्ठ १५ देखि १७ गतेसम्म “सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेण्ट–२०८२“ आयोजना हुने भएको छ। 
नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिको आयोजनामा हुने प्रतियोगितामा बैंक, बीमा, सञ्चार, पर्यटन र अन्य क्षेत्रमा क्रियाशील ३३ कर्पोरेट संस्थाहरूको सहभागिता रहने आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष तथा टुर्नामेन्ट संयोजक दिपक गौत्तम जानकारी दिनुभयो । 
उनका अनुसार प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडी र टोलीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगितामा वजेता टोलीलाई नगद ६६हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, उपविजेता टोलीलाई ३३ हजार ३ सय ३३ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने गौत्तमले जानकारी दिनु भयो ।


यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार ७ सय ७७ रुपैया सहित ट्रफि र प्रमाणपत्र, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र प्रतियोगिताको अनुशासित टोलीले जनही ६ हजार ६ सय ६६ रुपैया पाउने छन् । 


टुर्नामेन्टको मूख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक, सह प्रायोजक शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ भने मिडिया पार्टनरको रुपमा राज्य टेलिभिजन रहेको छ । टुर्नामेण्ट सुपर सिक्स लिग र नकआउट फम्र्याटमा खेलाइनेछ, जसमा खेलहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) को मापदण्ड अनुसार सञ्चालन हुनेछन्। सहभागी टिमहरूलाई ११ समूहमा विभाजन गरिने र प्रतियोगिता सञ्चालनका लागि रुपन्देही क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ।


नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिका सचिव शिशिर शर्माको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक भैरहवाका उप निर्देशक जिवन प्रकाश जोशी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दिपक घिमिरे लगायतका उपस्थिति थियो ।


आयोजकले कार्यक्रममा खेलप्रेमी, पत्रकार तथा सर्वसाधारणको व्यापक उपस्थिति र सहभागिताका लागि हार्दिक अपिल गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार