भैरहवा, जेठ १७ ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर समितिको आयोजनामा तिलोत्तमा–१७ स्थित एक्सट्रा टेक ओभल इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी प्रतिया्ेगीताको फाईल खेल आज हुदै छ ।
बिहिवार देखी जारी प्रतियोगितामा बैंक, बीमा, सञ्चार, पर्यटन र अन्य क्षेत्रमा क्रियाशील ३३ कर्पोरेट संस्थाहरूको सहभागिता रहेको नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष तथा टुर्नामेन्ट संयोजक दिपक गौत्तम जानकारी दिनुभयो ।
“सुपर सिक्स कर्पोरेट कप क्रिकेट टुर्नामेण्ट–२०८२“ प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडी र टोलीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगीता समापनमा प्रमुख अतिथी नेपाल राष्ट्र बैकका पुर्व भर्गनगर डा. चिरन्जीवी नेपाल प्रमुख अतिथीका रुपमा रहनु भएको कार्यक्रम संयोजक गौत्तम जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक , रुपन्देही क्रिकेट संघका पदाधिकारीहरु , बिभिन्न संघ संस्थाका प्रतिनीधीहरु सहभागी रहनु हुने संयोजक गौतमले जानकारी दिनु भयो । प्रतियोगितामा वजेता टोलीलाई नगद ६६हजार ६ सय ६६ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, उपविजेता टोलीलाई ३३ हजार ३ सय ३३ रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ७ हजार ७ सय ७७ रुपैया सहित ट्रफि र प्रमाणपत्र, उत्कृष्ट ब्याट्म्यान, उत्कृष्ट बलर र प्रतियोगिताको अनुशासित टोलीले जनही ६ हजार ६ सय ६६ रुपैया पाउने छन् ।
टुर्नामेन्टको मूख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक, सह प्रायोजक शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ भने मिडिया पार्टनरको रुपमा राज्य टेलिभिजन रहेको छ । टुर्नामेण्ट सुपर सिक्स लिग र नकआउट फम्र्याटमा खेलाइनेछ, जसमा खेलहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) को मापदण्ड अनुसार सञ्चालन भैरहेको छ ।