भैरहवा, असार ०१ । रुपन्देहीको न्यू पक्लिहवा तेक्वान्दो दोजाङले प्रमाणपत्र तथा बेल्ट वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशील गुरुङले तेक्वान्दोले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र महिला सशक्तिकरणमा समेत योगदान दिने बताउनु भयो।
कार्यक्रममा पक्लिहवा माविका प्रधानाध्यापक बसन्त कुमार बस्नेत सभापतित्व रहेको थियो भने, कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का रूपन्देही जिल्ला तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले प्रमुख आतिथ्यता रहेको थियो । 

बेल्ट वितरण बार्यक्रममा बोल्दै भण्डारीले तेक्वान्दो खेल केवल शारीरिक व्यायाम मात्र नभई अनुशासन, लगनशीलता र ध्यान केन्द्रित गर्ने जस्ता जीवन उपयोगी सीप सिकाउने बताउनु भयो ।
कार्यक्रममा विद्यालय बिना भण्डारी पाठक, नारायणी नेपाल, राकेश गुरुङ र यामबहादुर थापा ‘माइला’ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा अनुशासित प्रशिक्षार्थी अनमोल नेपाली (छात्र) र मोनिका पासी (छात्रा) लाई पुरस्कृत गरिएको थियो। साथै बुटवल तेक्वान्दो दोजाङद्वारा आयोजित तेस्रो जिल्लास्तरीय खुल्ला मेयर कप च्याम्पियनसिप २०२५ मा न्यू पक्लिहवा दोजाङलाई पहिलो पदक दिलाउने खेलाडी अन्सिता वासफोर र आश्रया रेश्मी मगरलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको संयोजन प्रशिक्षक मोहम्मद हुसेन सुल्तानले गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रशिक्षार्थी तथा शिक्षक यम कुमारी थापाले गर्नुभएको थियो भने स्वागत भाषण चेत कुमारी गुरुङले गर्नुभयो ।

