Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्थापना दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०८२ बिहिवार
  • 438
    SHARES

स्थापना दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

 

भैरहवा असार ३/
पौडेल वंशावलीको स्थापना दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। 
पौडेल वंशवली महासंघका अध्यक्ष हरिहर पौडेलको  प्रमुख अतिथि वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
समाजका जिल्ला अध्यक्ष झविन्द्र पौडेल त्यस्तै पौडेल वंशावली सिद्धार्थ नगरपालिकाका अध्यक्ष विष्णु पौडेल लगायत यस नगरका पौडेल बन्धुहरूको उपस्थितिमा मायादेवी छ बेथरीमा रहेको सुमित्रा मेमोरियल क्यान्सर अस्पतालमा ५० वटा फलफुलका बिरुवाहरु वृक्षारोपण गरिएको थियो ।
जसमा अम्बा ,आँप ,जामुन, काजु ,सलिफा, स्याउ लगायतका फलफुलका बिरुवाहरु वृक्षारोपण गरिएको पौडेल वंशावली महासंघ नगर कमिटीका कोषाध्यक्ष अर्जुन पौडेलले बताउनु भयो ।  सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण हुन गइरहेको सोही सो स्थानको खाली स्थानमा फलफुल बगैँचा बनाउन  वृक्षारोपण गरिएको थियो । पौडेल महासङ्घका नगर कमिटीका सचिव पवन पौडेलले बिरुवा रोप्नु मात्र ठूलो नभई त्यसलाई हुर्काउनु र संरक्षण गर्नु अत्यन्त महत्वपूर्ण भएको हुँदा सो स्थानमा तारबार गरिएको र पानी लगायत सम्पूर्ण पूर्वाधारहरूको विकास भएको जानकारी दिनुभयो । 
कार्यक्रममा प्रमुख अतिथि हरिहर पौडेल त्यस्तै नगर कमिटी अध्यक्ष विष्णु पौडेल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम  सुशील पौडेल को संयोजकत्वमा  सम्पन्न भएको थियो।


लुम्बिनी चिन्तन

थप समाचार