Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर नगरपालिका ५ वडा कार्यालयद्धारा स्कूल ब्याग तथा कुलर वितरण


  • लुम्बिनी चिन्तन
  • आषाढ १०, २०८२ मंगलवार
  • 1.5K
    SHARES

सिद्धार्थनगर नगरपालिका ५ वडा कार्यालयद्धारा स्कूल ब्याग तथा कुलर वितरण

भैरहवा असार ९/

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ५ नम्बर वडा कार्यालयले स्कूल ब्याग तथा कुलर वितरण कार्यक्रम गरेको छ ।

वडा कार्यालयले सोमबार सिद्धार्थनगर–५ स्थित श्री बाल मन्दिर आधारभूत विद्यालयलाई २ थान ठूलो कुलर प्रदान गरेको वडाअध्यक्ष अधिवक्ता पुरन प्रसाद श्रेष्ठले बताउनुभयो । त्यस्तै भैरहवा नमूना माध्यमिक विद्यालयमा १५५ जना विद्यार्थीहरुलाई स्कूूल ब्याग वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी नारायण प्रसाद अग्रवालले वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठसहित वडा टीमले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । 

भैरहवा नमूना माविका प्राचार्य चुन्न प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य सरस्वती श्रेष्ठ, किरन देवी सुनार, प्रेम नारायण तेली, पूर्ववडाअध्यक्ष भरतसिंह विजुक्छे, भैरहवा नमूना क्याम्पसका अध्यक्ष आनन्द प्रसाद गुप्ता, समाजसेवी विकास रायमाझी, केशव प्रसाद गुप्ता, शिक्षकशिक्षिका, विद्यार्थी लगायतको उपस्थिति थियो ।


लुम्बिनी चिन्तन

थप समाचार