Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा इभी विन्डसर कारको विक्री सुरु


  • लुम्बिनी चिन्तन
  • श्रावण १, २०८२ बुधवार
  • 596
    SHARES

भैरहवामा इभी विन्डसर कारको विक्री सुरु


भैरहवा असार ३२/
रुपन्देहीको भैरहवामा एमजीको नयाँ इभी विन्डसर कारको विक्री सुरु भएको छ । भैरहवा क्षेत्रका लागि आधिकारिक विक्रेता थ्रिएचएल कम्पनी प्रालिले कारको विक्री सुरु गरेको हो ।

उक्त नयाँ कारको भैरहवामा आयोजित कार्यक्रममा होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी), एमजी गाडीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउन्ट मोटर्स प्रालि, काठमाडौं प्रबन्धक सुनिल क्षेत्री, थ्रिएचएलका प्रबन्ध निर्देशक हरिबहादुर थापा, निर्देशक इन्द्रबहादुर थापा, सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवाली लगायतले लन्च (सार्वजनिक) गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष श्रेष्ठले पछिल्लो समय वातावरणमा देखिएको समस्या समाधान गर्न पनि नेपालमा इलेक्ट्रिक सवारी प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले इभी विन्डसर कार जक्जरीयस भएको जनाउँदै धेरै उपभोक्ताको रोजाईमा पर्नेमा आफू विश्वस्त रहेको जनाए ।

 थ्रिएचएलका प्रबन्ध निर्देशक हरिबहादुर थापाले सबै उद्योगी–व्यवसायी, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई एमजी इभी कार रोज्ने गरेको सुनाए । उनले आरामदायी र भरपर्दो भएकाले भैरहवा क्षेत्रमा यस कम्पनीका गाडी धेरै खरिद हुने अपेक्षा रहेको जनाए । 
पारामाउन्ट मोटर्सका प्रबन्धक क्षेत्रीले एमजी विन्डसर कारले चार्ज टिकाउने, भरपर्दो र नेपाली बाटो सुहाउँदो रहेको बताए । ‘यसका ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको स्टेबल म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ । नेपाली बजारमा उपलब्ध एमजी विन्डसर कारको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो डिलक्स भेरियन्टको रहेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार