Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा मनाइयो १५००औँ मोहम्मद जयन्ती


  • लुम्बिनी चिन्तन
  • भाद्र २०, २०८२ शुक्रवार
  • 190
    SHARES

भैरहवामा मनाइयो १५००औँ मोहम्मद जयन्ती

भैरहवा, भाद्र २० । मुस्लिम धर्माबलम्बीले आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) हर्षोल्लासका साथ मनाएका छन । आज विश्वभरिका मुस्लिम समुदायले इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १५००औँ जन्मजयन्ती धूमधामका साथ मनाई रहेका बेला भैरहवाका मुस्लिम धर्मावलम्बीहरूले पनि भैरहवामा ¥याली निकालेर धूमधामका साथ मनाएका हुन् ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट  ५७० एडीमा भएको थियो। उनको निधन भने मृत्यू मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन्। मोहम्मद डे लाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ। 
आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ। मोहम्मद दिवसको अवसरमा नेपाल सरकारले र सिद्धार्थनगर नगरपालिकामा आज मुस्लिम धर्माबलम्बीलाई बिदा दिएको छ। 


लुम्बिनी चिन्तन

थप समाचार