Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोटरी सेन्ट्रल लुम्बिनीले मर्चवारमा आँखा शिविर गर्दै


  • लुम्बिनी चिन्तन
  • मंसिर १९, २०८२ बिहिवार
  • 320
    SHARES

रोटरी सेन्ट्रल लुम्बिनीले मर्चवारमा आँखा शिविर गर्दै

भैरहवा मंसिर १८/
रोट्र्याक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको मर्चवारमा निशुल्क आंखा जांच तथा शल्यकृया शिविर गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत  कोटहीमाई गांउपालिका मझगांवामा मंसिर २० गते निशुल्क आंखा शिवर कार्यक्रम गर्न लागीएको क्लवका अध्यक्ष बिष्णु शर्माले जानकारी दिए ।

अस्पतालको पहुँचमा नपुगेर विभिन्न कारणले उपचारबाट बञ्चित भएका मर्चवारबासीलाई घर नजिकै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो । आँखा जाँच र विरामीलाई औषधि वितरणसँगै मोतियाबिन्दुको पनि शल्यक्रिया गर्ने गरी शिविर संचालनको तयारी गरिएको हो । क्लबले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जिल्लाको कोटहीमाई गाउँपालिका–५, मझगाँवामा निःशुल्क आँखा शिविर संचालन गर्न लागिएको जनाएको हो । 
मंसिर २० गते शनिबार आयोजित उक्त शिविरमा करिब २ सय ५० जनाको मोतियाविन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ । उनले शिविरमा जिल्लाका जुनसुकै स्थानका नागरिकले सहभागी भएर आँखा जाँच र मोतियाविन्दु देखिए शल्यक्रिया गर्न सक्ने बताए । सामाजिक क्षेत्रमा निरन्तर गतिविधि गरिरहेको सेन्ट्रल लुम्बिनीले उक्त शिविरमा सहभाी हुन सबैलाई आग्रह गरेको छ । 
आँखा शिविरका लागि भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्राविधिक सहयोग गरेको छ । यस्तै, एभरेष्ट बैंक लिमिटेडले सहप्रायोजन गरेको छ । लुम्बिनी नेत्रालयका संचालक तथा चिकित्सक डाक्टर हिरा शाहले लुम्बिनी प्रदेशमा मोतियाविन्दुका विरामीको संख्या करिब ३० हजार रहेको तथ्यांकले बताएको जनाए । उनले त्यसमा पनि मर्चवार, लुम्बिनी लगायत सीमा क्षेत्रमा समस्या बढी देखिएको जनाए । यसैले नेत्रालयले रोटरी क्लबसँग सहकार्य गरी ५० प्रतिशत छुटमा प्राविधिक सहयोग गरेको जनाए । 
क्लबका पूर्वअध्यक्ष तथा शिविर संयोजक प्रेम शर्मा लोहनीले क्लबको उद्देश्य मोतियाबिन्दुका विरामीहरुको संख्या घटाउँदै लैजानु रहेको जनाए । शिविर र सचेतना कार्यक्रमले सके न्युनिकरण गर्ने र नसके समयमै उपचार गर्ने बानीको विकास गर्न क्लब लागि परेको उनको भनाई छ ।
 क्लबका सचिव बासु बडालले आँखा पहिलो ज्योति भएकाले निकै ख्याल गर्नुपर्ने बताए । सानो लापरबाहीले भोलिका दिनमा आँखा देख्नै नसक्ने अवस्था आउन सक्ने जनाउँदै शिविरमा निःशुल्क सेवा लिन सबैमा आग्रह गरे । आँखा शिविरका अर्का संयोजक गंगाधर भण्डारीले मोतियाविन्दुको समस्या भएका विरामीलाई २० गतेको शिविरमा सहभागी भई लाभ लिन आग्रह गरे । लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले सामाजिक क्षेत्रमा रोटरी क्लबले खेलेको भूमिका सह्रानीय रहेको बताए ।


लुम्बिनी चिन्तन

थप समाचार