Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मेडिकल कलेजमा घुँडाको सफल शल्यक्रिया


  • लुम्बिनी चिन्तन
  • बैशाख १३, २०८३ आइतवार
  • 488
    SHARES

मेडिकल कलेजमा घुँडाको सफल शल्यक्रिया


भैरहवा, वैशाख १२ । 
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस यूसीएमएस शिक्षण अस्पतालमा एकैपटक दुवै घुँडाको सफल शल्यक्रिया गरीएको छ । 
बुटवल–९, मिलनचोकका डोलराज अर्याल लामो समयदेखि घुँडाको गम्भीर समस्याबाट पीडित थिए । हिँडडुल गर्नसमेत कठिन भएपछि उपचारका लागि अस्पताल पुगेका अर्यालको अर्थोपेडिक विशेषज्ञ डाक्टर विपिन श्रेष्ठ नेतृत्वको टोलीले दुवै घुँडाको एकैपटक सफल सफल शल्यक्रिया गरेको हो ।
अर्यालका अनुसार करिब १५ वर्षअघि बायाँ घुँडाबाट सुरु भएको दुखाइ विस्तारै दायाँ घुँडामा पनि फैलिएको थियो । विशेषज्ञ चिकित्सकको टोलीबारे जानकारी पाएपछि अस्पताल पुगेको र शल्यक्रियापछि अहिले सहज रूपमा हिँडडुल गर्न सकिरहेको उनले बताए ।
अस्पतालमा हाडजोर्नीसम्बन्धी जटिलदेखि जटिल शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। अनुभवी चिकित्सकहरूको टोलीले लामो समयदेखि यस्ता शल्यक्रियाहरू सफलतापूर्वक गर्दै आएको अस्पतालले जनाएको छ ।
अर्थोपेडिक विशेषज्ञ डाक्टर विपिन श्रेष्ठका अनुसार उमेर बढ्दै जाँदा घुँडामा पर्ने दबाबका कारण हड्डीहरू कमजोर हुँदै जान्छन् र जोडका भागहरू बिस्तारै घिस्रिन थाल्छन् ।

दुई हड्डीको बीचमा रहने मिनिस्कस क्षय भएपछि हड्डीहरू एकआपसमा ठोक्किन थाल्छन्, जसले गर्दा घुँडामा पीडा तथा हिँडडुलमा समस्या उत्पन्न हुन्छ । उहाँका अनुसार सुरुवाती अवस्थामा औषधि तथा इन्जेक्सनमार्फत केही समयसम्म राहत दिन सकिन्छ । तर अवस्था जटिल बन्दै गएपछि अन्तिम विकल्पका रूपमा जोड प्रत्यारोपण ९पूर्ण शल्यक्रिया० गर्नुपर्ने हुन्छ, जुन घुँडाका साथै हिप जोर्नीमा पनि गर्न सकिन्छ ।
यस प्रकारको शल्यक्रियापछि बिरामीहरूले करिब १५ देखि २० वर्षसम्म सहज रूपमा हिँडडुल गर्न सक्ने चिकित्सकहरूको भनाई छ । यूसीएमएसमा यस प्रकारको शल्यक्रिया उपलब्ध भएकापछि स्थानीय बिरामीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार