Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रहरी परिवारले युनिभर्सल कलेजमा उपचारमा १० देखी ५० प्रतिशत सम्म छुट पाउने


  • लुम्बिनी चिन्तन
  • जेठ १०, २०८३ आइतवार
  • 280
    SHARES

नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रहरी परिवारले युनिभर्सल कलेजमा उपचारमा १० देखी ५० प्रतिशत सम्म छुट पाउने


भैरहवा जेठ १०,
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रहरी परिवारले युनिभर्सल कलेजमा अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचारमा १० देखी ५० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रूपन्देही र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल बीच औषधि उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको कलेजका प्रशासन संयोजक तेज केशीले जानकारी दिए ।
यूसीएमएस भैरहवाका वित्तीय नियन्त्रक प्रमुख सुरज पौडेल र नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रूपन्देहीका बरिष्ठ प्रहरी उपरिक्षक (एस एस पि ) दीपक पोखरेले सम्झौता पत्रमा हस्ताक्षर गरे लगतै उपचार सेवामा छुट सुबिधा कार्यान्वयनमा आएको हो ।
नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत सम्पूर्ण नेपाल प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई सहुलियत दरमा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) भैरहवा र नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा बीच सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारका लागि छुट्टाछुट्टै प्रतिशतका आधारमा सेवा सुविधा निर्धारण गरिएको छ । सम्झौतामा आठ वटा विभिन्न बुँदामार्फत सेवा सहुलियत समेटिएको छ । 
जसअनुसार साधारण बेडमा बहालवाला प्रहरी कर्मचारीलाई ५० प्रतिशत तथा आश्रित परिवारलाई २५ प्रतिशत सहुलियत प्रदान गरिनेछ । त्यसैगरी क्याबिन सेवामा क्रमशः ३० प्रतिशत र १० प्रतिशत, आईसीयू सेवामा २० प्रतिशत र ५ प्रतिशत, रेडियोलोजी परीक्षणमा २० प्रतिशत र १० प्रतिशत तथा अपरेशन शुल्कमा २० प्रतिशत र १० प्रतिशत सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ ।

ucms 2.jpg
त्यस्तै दाँत उपचार सेवामा प्रहरी कर्मचारी र आश्रित परिवार दुवैलाई १०÷१० प्रतिशत सहुलियत प्रदान गरिनेछ भने सामान्य दाँत परीक्षण तथा दाँत झिक्ने सेवा प्रहरी कर्मचारीका लागि निःशुल्क र आश्रित परिवारका लागि ३० प्रतिशत सहुलियतमा उपलब्ध गराइने छ । साथै औषधि र प्रत्यारोपण बाहेकका अन्य सेवामा २० प्रतिशत सहुलियत प्रदान गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ।
यूसीएमएस भैरहवाका प्रमुख वित्तीय नियन्त्रक सुरज पौडेलले मेडिकल कलेजको अस्तित्व कायम रहनुमा नेपाल प्रहरीको ठूलो योगदान रहेको बताउँदै कलेजले हालसम्म प्रदान गर्दै आएको गुणस्तरीय सेवा सुविधा प्रहरी कर्मचारी र उहाँहरूका आश्रित परिवारलाई उपलब्ध गराइने तथा सम्झौतामा समेटिन छुटेका विषयहरूलाई समेत ध्यानमा राख्दै आगामी दिनमा थप सहुलियत प्रदान गरिने बताए ।

ucms 1.jpg
नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रूपन्देहीका बरिष्ठ प्रहरी उपरिक्षक दीपक पोखरेले प्रहरीले कहिलेकाहीँ जीवन–मरणको दोसाँधमा, कहिले अपाङ्गता भोग्नुपर्ने अवस्थामा त कहिले परिवारको सदस्य गुमाउनुपर्ने पीडामा स्वास्थ्य संस्थाको सहारा लिनुपर्ने अवस्था आउने बताउँदै यस्ता कठिन परिस्थितिमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवाबाट पुनर्जीवन प्राप्त गर्ने गरेको उल्लेख गर्दै मेडिकल कलेजले प्रहरी परिवारका लागी गरेको सहयोगको प्रति आभार व्यक्त गरे । 


लुम्बिनी चिन्तन

थप समाचार