भैरहवा पौष १०/
कमलापति–गंगादेवी पन्थ समिति प्रतिष्ठानले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।
प्रतिष्ठानद्वारा आयोजित वार्षिकोत्सव तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वृद्ध–वृद्धाहरूलाई दोसल्ला, प्रमाणपत्र तथा नगद सहित सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष कलाधर पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भास्कर वाचक राष्ट्रिय परोपकार महासङ्घका परिकल्पनाकार अत्याधमिक गुरु समाजसेवी कमल नयन गौतम रहनु भएको थियो ।
कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकि शान्ति सुवेदी , आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेल , नेत्र ज्योतिष सङ्घ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र पन्थी , वरिष्ठ पत्रकार दिलिप भट्र्राई , सनसाइन माध्यमिक विद्यालयका संचालक ज्ञानदेव हटुवाल , सहिद स्मृति पुस्तकालयका अध्यक्ष रुद्रप्रसाद प्रसाद ज्ञवाली , सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई’पूर्व उपमेयर उमा काफ्ले , मर्निङ ग्रुपका अध्यक्ष विजय सागर श्रेष्ठ, लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रम निर्माण समितिका पदाधिकारीहरू लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा संस्थाको प्रतिवेदन संस्थाका महासचिव गोविन्दराज अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्षले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कमल नयन गौतमले संस्थाले समाजका लागि निरन्तर रूपमा गर्दै आएको सेवामूलक कार्यबारे जानकारी पाउँदा आफु अत्यन्तै प्रभावित भएको बताउनुभयो । सीमित दायराभन्दा बाहिर निस्केर शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा जुन समर्पणका साथ प्रतिष्ठानले काम गरिरहेको छ, त्यस संस्थाप्रति नतमस्तक हुँदै हार्दिक साधुवाद अर्पण गर्दछु गौतमले भन्नु भयो ।

कार्यक्रमका सभा अध्यक्ष कलाधर पन्तले यस किसिमको समाजसेवा कार्यक्रम निरन्तर गरिने बताउद दृष्टिविहीन अनाथ विभिन्न वर्गका व्यक्तिहरूलाई गरिने सहयोग निरन्तर रहेको बताउनु भयो ।
कार्यक्रममा ज्येष्ठ नागरिकप्रति सम्मान, सेवा र संरक्षणको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै वक्ताहरूले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको अनुभव र योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने सहभागीहरुले बताएका थिए ।
प्रतिष्ठानले आगामी दिनमा पनि सामाजिक, धार्मिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गङ्गादेवी पन्त ले दिनुभएको थियो भने सञ्चालन संस्थाका महासचिव गोविन्दराज अधिकारीले गर्नुभएको थियो ।