Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एनपीएल ट्रफी टूर सिद्धार्थ रंगशालामा सेलिब्रेसन


  • लुम्बिनी चिन्तन
  • पौष १५, २०८२ मंगलवार
  • 710
    SHARES

एनपीएल ट्रफी टूर सिद्धार्थ रंगशालामा सेलिब्रेसन


भैरहवा पौष १५/
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टुर मंगलवार भैरहवा आईपुगेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा लुम्बिनी लायन्सको ट्रफीलाई सेलिब्रेसन गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी बहादुर थापाले बताए । मंगलवार बिहान बुद्ध जन्मस्थल लुम्बिनी लगेर ट्रफी दिउँसो भैरहवास्थित सिद्धार्थ रंगशालामा ल्याएर सेलिब्रेसन गरिएको थियो ।
च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर पुस ५ गते बाँके र बर्दियाबाट सुरु भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा ट्रफी टूर अन्तर्गत मंगलबार भैरहवा ल्याइएको हो । सिद्धार्थ रंगशालामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी , रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले ट्रफीसहित सहभागी विजेता टीम लुम्बिनी लायन्सलाई स्वागत गरेका थिए  । 
ट्रफी सेलिब्रेसन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेय, नगर प्रमुख खाँ, उपप्रमुख उमा अधिकारी, संघका अध्यक्ष थापा, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल लगायतले क्रिकेट खेलले नेपाललाई बिश्वसामु चिनाएको बताउदै यसको लागी सरकारले आबस्यक पुर्वाधारका लागी सहयोग गर्नु पर्ने बताए । 
लुम्बिनीले यसपटक ट्रफी जितेकामा प्रदेशबासी हर्षित भएको भन्दै यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे । एनपीएल विजेता लुम्बिनी लयान्सलाई लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले ११ लाख ११ हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ । ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, क्रिकेटप्रेमी, सर्वसाधरण लगायतको उपस्थिति थियो । 

 


लुम्बिनी चिन्तन

थप समाचार