Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पहिलो उद्घाटन खेल स्टार क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स ११ बीच

२० औँ रुपन्देही सुपरलिग क्रिकेट


  • लुम्बिनी चिन्तन
  • माघ ३०, २०७७ शुक्रवार
  • 1.6K
    SHARES

पहिलो उद्घाटन खेल स्टार क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स ११ बीच


भैरहवा । भैरहवामा २० औ संस्करणको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता बुधबार बाट हुने भएको छ ।
२०५३ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता विगत ६ वर्षदेखि नेपालमै डिभिजन फर्मेटमा हुने यो पहिलो प्रतियोगिता हो ।


रुपन्देही क्रिकेट संघको आयोजनामा हुने एक दिवसिय प्रतियोगिता माघ २८ देखि फागुन २९ गतेसम्म प्रतियोगिता हुने भैरहवामा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
प्रतियोगिता जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी हुने जनाएका छन् । पहिला बी डिभिजनका १२ टिमबीच प्रतिस्पर्धा गराइनेछ,  नकआउट चरणमा भइरहेको प्रतियोगिता यस वर्ष देखि लिग चरणमा खेलाइने छ । जसबाट उत्कृष्ट ४ टिम छनोट भई ए डिभिजनसँग प्रतिस्पर्धा गर्नेछन । डिभीजन ए अन्र्तगतका ८ र बि बाट आएको ४ क्लब गरी १२ क्लब बीच रुपन्देही सुपर लिग प्रतियोगिता हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बताए ।


२ वटा बहिरी खेलाडीहरु खेलाउन सक्ने प्रावधान रहेको प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरु पनि खेल्ने छन । यही प्रतियोगितको योग्दानले रुपन्देहीका ९५ जना खेलाडी रुपन्देहीले नेपाललाई दिएको छ ।
प्रतियोगितामा बी डिभिजनका शंकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी छन् । यस्तै ए डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यू होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी रहने आयोजकले जानकारी दिएको छ । लिग चरणमा खेलाइने प्रतियोगितामा कुल २७ खेल खेलाईने छ ।


प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने संघका सचिव संजय गुरुङले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । भोली प्रतिनिधी सभा सदस्य सन्तोस पाण्डेले प्रतियोगिताको उद्घाटन गर्ने छन । नेपाल टेलिकमले मुख्य प्रायोजन रहेको प्रतियोगितामा पहिलो उद्घाटन खेल स्टार क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स ११ बीच हुने आयोजकले जानकारी दिएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार