भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा आजबाट सुरु भएको २० औ संस्करणको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ ।
सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा बुटवल युथलाई ६६ रनले पराजित गर्यो ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको गोलपार्क क्रिकेट क्लबले सबै विकेट गुमाउदै २०८ रनको लक्ष्य दिएको थियो । जसका लागि रिक्की पुनले सार्वधिक ४५ विनोद रनपालले ३९ र हेमन्त ओलीले २८ रन बनाए । बलिङतर्फ बुटवल युथका विनित पौडेलले ४, सुजन गौतम र सन्तोस परियारले २÷२ तथा आरिफ हसन शेखले १ विकेट लिए ।
जवाफी व्याटिङमा बुटवल युथले ३३दशमलव ३ ओभरमै सबै विकेट गुमाउदै हार व्योहर्नु प¥यो। जसका लागि सुजन गौतमले३१, सुमन थापा क्षेत्रीले २७ र विनित पौडेलले २० रन बनाएपनि जित हासिल गर्न सकेनन । बलिङमा गोलपार्कका दिवन पुनले ५, रिक्की पुनले २ र विनोद रनपाल, रबिन सुवेदी र रिजन पछाईले समान १÷१ विकेट लिए । खेलमा गोलपार्कका दिवन पुन म्यान अफ दि म्याच भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । बी डिभिजनका १२ टिमबीच प्रतिस्पर्धा हुदै छ, नकआउट चरणमा भइरहेको प्रतियोगिता यस वर्ष देखि लिग चरणमा खेलाइदै छ । जसबाट उत्कृष्ट ४ टिम छनोट भई ए डिभिजनसँग प्रतिस्पर्धा गर्नेे रुपन्देही क्रिकेट संघका अध्यक्ष मल्लले बताए । शुक्रबार डिभिजन बी अन्तर्गत सैनामैना क्रिकेट क्लब र स्टार क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बी डिभिजनका शंकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी छन् । यस्तै ए डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यू होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी रहने आयोजकले जानकारी दिएको छ । लिग चरणमा खेलाइने प्रतियोगितामा कुल २७ खेल खेलाईने छ ।
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।
२०५४ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता यस वर्षको प्रतियोगितालाई पनि छैठो पटक नेपाल टेलिकमले मुख्य प्रायोजन गरेको छ ।