Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट :  सैनामैना क्रिकेट क्लब विजयी 


  • लुम्बिनी चिन्तन
  • माघ ३०, २०७७ शुक्रवार
  • 866
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट :  सैनामैना क्रिकेट क्लब विजयी 

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी संस्करणको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ ।
सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा स्टार क्रिकेट क्लबलाई सैनामैनाले २ विकेटले पारजित गरेको हो ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको स्टार क्रिकेट क्लबले ४९.४ ओभरमा सबै विकेट गुमाउदै १९२ रनको लक्ष्य दिएको थियो । जसका लागि निश्चल ज्ञवालीले सार्वधिक ४५, विवश खातीले ३४ र दिपेन्द्र हिताङले २३ रनको योग्दान गरे । बलिङतर्फ सैनामैनाका सुनिल पौडेलले ४, बसन्त खड्काले ३ तथा प्रदीप भण्डारी र उदय पन्तले समान १/१ विकेट लिए ।
 
जवाफी व्याटिङमा सैनामैनाले ४४ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पार गर्यो । जसका प्रदीप सुवेदीले ४८, बसन्त खड्काले ४३ र अंकित परियारले १९ रनको योग्दान गरे । बलिङ तर्फ स्टार क्रिकेट क्लबका महेश पटेल र रोहन अर्यालले ३/३ विकेट , जय गोदार र मिलज पन्थीले १/१ विकेट लिए पनि जित हात पार्न सकेनन । शुक्रबारको खेलमा सैनौमनाका बसन्त खड्का म्यान अफ दी म्याच भए । 
रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । शनिबार बुटवल राइनोज र ज्ञानोदय क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 

२०५४ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता यस वर्षको प्रतियोगितालाई पनि छैठो पटक नेपाल टेलिकमले मुख्य प्रायोजन विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ ।

 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार