काठमाडौं । महन्थ ठाकुर नेपाली राजनीतिमा यतिबेला चर्चाको शिखरमा छन् । त्यसको कारण हो अन्य सबै दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउन खोजेका बेला उनले बलियो समर्थन दिनु । मधेस आन्दोलन र मधेसका मुद्दाप्रति अनुदार मानिएका ओलीले ठाकुरको साथ पाउनुलाई धेरैले आश्चर्य र संशयको दृष्टिकोणले हेरेका छन् ।
ठाकुरले नेतृत्व गरेको दल जनता समाजवादी पार्टीमै ओलीलाई हेर्ने दृष्टिकोणमा धेरै ठूलो भिन्नता छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले ओलीलाई प्रतिगामी भनेर हटाउन हरसम्भव प्रयास गरिरहँदा ठाकुरले ओलीको साथ छाडेका छैनन् । बरु आफ्नो समर्थनलाई औपचारिकतामा परिणत गरिदिएका छन् ।