Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने


  • लुम्बिनी चिन्तन
  • जेठ ८, २०७८ शनिवार
  • 1.9K
    SHARES

जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा हुनसक्ने

काठमाडौं । कोभिड महामारी रोकथामका लागि सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्न सक्नेगरी अध्यादेश जारी गरेको छ । राष्टपति विद्यादेवी भण्डारीद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा जुनसुकै बेला स्वास्थ्य आपतकाल घोषणा गर्न सकिने उल्लेख छ । 

राजपत्रमा प्रकाशित अध्यादेश संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम सरकारले अध्यादेश जारी गर्न सिफारिस गरेको हो । 

कोभिड १९ स्वास्थ्य आपतकाल घोषणा गर्दा अपनाइने कार्य व्याख्या गरेको छ । जसमा स्वास्थ्य संस्थालाई संक्रमित निदान र उपचार गर्न लगाउने, आवश्यकताअनुसार स्वास्थ्य संस्था नियन्त्रणमा लिई सञ्चालन गर्ने वा गराउने उल्लेख छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 


लुम्बिनी चिन्तन

थप समाचार