Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट : बुटवल राइनोज २ रनले विजयी 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १, २०७७ शनिवार
  • 750
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट : बुटवल राइनोज २ रनले विजयी 

भैरहवा । भैरहवामा जारी संस्करणको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको शुक्रबारको खेल बुटवल राइनोजले हात पारेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा ज्ञानोदय क्रिकेट क्लबलाई २ रनले पारजित गर्दै सफलता पाएको होे ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल राइनोजले ४१ दशमलव ५ ओभरमासबै विकेट गुमाउदै १५० रन बनाएको थियो । जसका लागि आशिष लोहनीले ३६, एवम् अब्दुल नसिम र सुनिल गुरुङले समान २३÷२३ रनको योग्दान गरे । बलिङतर्फ ज्ञानोदयका सुवास विकले ३ , करण विक र प्रशान्त अर्यालले २÷२ तथा नबिन भट्टराई, सुनिल धमला र विष्णु पाण्डेले १÷१ विकेट लिए ।
जवाफी व्याटिङमा ज्ञानोदयले ३५ दशमलव १ ओभरमै सबै विकेट गुमाई १४८ रन मात्र जोड्न सक्यो । महेश रानाले सार्वधिक ४३, मनिष पौडेलले १९ र सुवास विकले १४ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन जोड्न नसकेपछि २ रनको झिनो संख्याले हारको सामाना गर्न प¥यो । शनिबारको खेलमा राइनोजका ईश्वर खनाल म्यान अफ म्याच भए उनले ९ ओभरमा ५ विकेट लिदै २४ रन मात्र दिएका थिए । 

legue cricket 1.jpg
रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । आइतबार सैनामैना क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स ११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 
प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 

२०५४ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता यस वर्षको प्रतियोगितालाई पनि छैठो पटक नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ ।

 

 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार