Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीकाे विपन्नलाई खाद्यान्न 


  • लुम्बिनी चिन्तन
  • जेठ १८, २०७८ मंगलवार
  • 1.9K
    SHARES

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीकाे विपन्नलाई खाद्यान्न 

भैरहवा ।  लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले सोमबारदेखि विपन्न परिवारलाई राहत वितरण कार्यक्रम सुरु गरेको छ । बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्दै आएको क्लबले निषेधाज्ञाका कारण हातमुख जाेड्न गाह्राे बनाएकाे विपन्न परिवारलाई राहत वितरण सुरु गरेको हाे ।  निषेधाज्ञाका कारण अस्पताल वरीपरीका होटल तथा रेष्टुरेष्ट बन्द भएपछि क्लबले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा वैशाख २७ गतेदेखि बिरामी तथा बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गर्दै आएको छ ।

‘कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञा जारी गरेपछि अहिले विपन्न परिवार तथा मजदूरलाई बिहान–सांझको छाक टार्न समस्या छ, यही समस्यालाई मध्यनजर गर्दै निःशुल्क खाद्यान्न वितरण कार्यक्रम आजदेखि सुरुवात गरेका छौं, ’क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले भने ।

प्रतिपरिवार चामल १० के.जी, आटा ५ के.जी., दाल २ के.जी., सोयाबीन ३ प्याकेट, तेल १ लिटर र नुन १ प्याकेट वितरण गरिने कार्यक्रम संयोजक हेमन्तराज जोशीले बताए ।

पहिलो दिन सोमबार २९ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए । राहत वितरण कार्यक्रममा हेमन्तराज जोशीको संयोजकत्वमा अमृता गुरुङ, ओमनाथ प्रजापति, धनराज गिरी, विजय कुमार कोहार लगायत क्लबका सदस्यहरु खटिएको क्लबका सचिव भीम बहादुर थापाले बताए ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार