Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लब विजयी 


  • फाल्गुण ३, २०७७ सोमवार
  • 1.4K
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट : ज्ञानोदय क्रिकेट क्लब विजयी 

भैरहवा ।भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सोमबारको खेल ज्ञानोदय क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै ज्ञनोदयले जित निकालेको हो । 
टस जितेर सुरुवाती ब्याटिङ रोजेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउदै १३० रन मात्रै बनाएको थियो । जसका लागि महेश रानाले सर्वाधिक ४६, सोनु मल्लाहले १६, करण विकले १२ बनाए । बलिङ तर्फ शंकरनगरका अखिलेश यादवले ३, अमित तामाङर कृष्ण सेनले २÷२ , केशव पौडेलले १ विकेट लिए ।  

legue cricket 3.jpg
जवाफी ब्याटिङमा १३१ रनको लक्ष्य पाएको शंकरनगरले ३०दशमलव १ ओभरमा सबै विकेट गुमाउदै १०२ रन मात्रै जोड्न सक्यो । जस्का लागि विराट भण्डारीले २८ र केशव पौडेलले २४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । बलिङ तर्फ सुनिल धमलाले ५, करण विकले एवम् सुवास विक र प्रशान्त अर्यालले १÷१ विकेट लिए ।
सोमबारको खेलमा १ मेडन ओभर खेल्दै ५ विकेट लिएका ज्ञानोदयका सुनिल धमला म्यान अफ म्याच भए घोषित भई पुरस्कृत भए । रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । मंगलबारको खेल तिलोत्तमा क्रिकेट क्लब र लुम्बिनी शाक्यान क्रिकेट क्लबबीच हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 


प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 

२०५४ साल देखि निरन्तर भैरहवा स्थित सिद्धार्थ रंगशालामा आयोजना हुदै आएको प्रतियोगिता यस वर्षको प्रतियोगितालाई पनि छैठो पटक नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ ।


थप समाचार