Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट : तिलोत्तमा क्रिकेट क्लब विजयी 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ४, २०७७ मंगलवार
  • 646
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट : तिलोत्तमा क्रिकेट क्लब विजयी 

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेल तिलोत्तमा क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा लुम्बिनी शाक्यान क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै तिलोत्तमाले खेल जितेको हो । 
टस जितेर सुरुवाती ब्याटिङ रोजेको लुम्बिनी शाक्यानले निर्धारित ४६ ओभरको खेलमा १७ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ७१ रन मात्रै बनाएको थियो । जसका लागि जावेद खानले सार्वधिक ३१, आकाश पाठकले १३ र बैतुल्लाह दानले अभिजीत ८ रन बनाए पनि आन्य खेलाडीहरुको  खासै रन जोड्न सकेनन । बलिङ तर्फ तिलेत्तमाका कृष्ण पँजुलीले ८ सन्देश जिसीले २ विकेट लिए ।  
जवाफी ब्याटिङका लागि झिनो ७२ रनको लक्ष्य पाएको तिलोत्तमाले १८दशमलव ४ ओभरमा ६  विकेट गुमाउदै लक्ष्य पार गर्न सक्यो । जस्का लागि सन्दिप केसीले १८, विकल क्षेत्रीले र घनश्याम थारुले नटआट १४ र १३ रनको योग्दान गरे । लुम्बिनीका गंगेशले ३, बैतुल्लाह खाँनले २ र अख्तर हुसेनले १ विकेट लिए । मंगलबारको खेलमा कृष्ण पराजुली म्यान अफ द म्याचबाट पुरस्कृत भए । तिलोत्तमाका उनले ६.१ ओभरमा १ मेर्डन राख्दै ११ रन खर्चेर ८ विकेट लिएका थिए । 

legue cricket 4.jpg
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । बुधबारको खेल शंकरनगर क्रिकेट क्लब र बुटवलराइनोज बीच हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 
स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार