Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट :  जित सँगै बुटवल राइनोज डिभिजन ए मा  


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ५, २०७७ बुधवार
  • 532
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट :  जित सँगै बुटवल राइनोज डिभिजन ए मा  

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बुधबारको खेल बुटवल राइनोजले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै बुटवलले खेल जितेको हो । जित सँगै बुटवल राइनोज क्लब डिभिजन बी बाट ए मा उक्लिएको छ ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १५२ बनाएको थियो । जसका लागि विराट भण्डारीले सार्वधिक ५२, कृष्ण सेनले २३ र जगत क्षेत्रीले ११ बनाए । बलिङ तर्फ बुटवल राइनोजका राहुल सहानीले ४, ईश्वर खनाल, सन्दिप बस्याल र अब्दुल नसिमले २/२ विकेट लिए ।  
जवाफी ब्याटिङमा १५३ रनको लक्ष्य पाएको बुटवलले ४० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पार गरी जित निकाल्यो । जस्का लागि सन्जु बोहराले २३, राहुल सहानीले २२ र मन्जिल भुसालले अभिजीत १८ रनको योग्दान गरे । शंकरनगरका अखिलेश यादवले ३, अमित तामाङ र कृष्ण सेनले २/२ विकेट लिए । 

legue cricket.jpg
बुधबारको खेलमा राहुल सहानी म्यान अफ द म्याचबाट पुरस्कृत भए । बुटवल राइनेजका सहानीले १० ओभरमा १ मेडेन खोल्दै ३६ रन खर्चेर ४ विकेट लिएका थिए भने टिमको लागि २२ रनको योग्दान समेत दिएका थिए । 
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । अहिले सम्मको खेलबाट २ वटा टिम डिभिजन ए मा उक्लिएको छ । बिहीबारतिलोत्तमा क्रिकेट क्लब र साइग्लोबल क्रिकेट क्लब बीच हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 
स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार