Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही सुपरलिग क्रिकेट: जित सँगै तिलोत्तमा डिभिजन ए मा  


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ६, २०७७ बिहिवार
  • 1.1K
    SHARES

रुपन्देही सुपरलिग क्रिकेट: जित सँगै तिलोत्तमा डिभिजन ए मा  

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बिहीबारको खेल तिलोत्तमा क्रिकेट क्लबले जितेको छ ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा साइ ग्लोबल क्रिकेट क्लबलाई ६४ रनले पराजित गर्दै तिलोत्तमाले खेल जितेको हो । जित सँगै समूह सी को तिलोत्तमा डिभिजन बी बाट ए मा उक्लिएको छ ।
टस जितेर सुरुवाती ब्याटिङ रोजेको तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ३९ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ११२ बनाएको थियो । जसका लागि कृष्ण भुसालले सार्वधिक २८विष्णु कटरियाले १४ र घनश्याम थारुले ११ रन बनाए । बलिङ तर्फ साइग्लोबलका आकाश त्रिपाठीले ४, इमरान पठान रदुर्गेश कुर्मीले २–२ एवम समोट पौडेल र जम्बो मगरले १–१ विकेट  लिए ।  
जवाफी ब्याटिङमा ११३ रनको लक्ष्य पाएको साइग्लोबलले १५ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ४८ रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि साइग्लोबलले हार व्योहोर्नु प¥यो ।
साइ ग्लोबलका अजय रसाइलीले २० रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । तिलोत्तमाका कृष्ण पराजुलीले ५, विष्णु कटारिया र यम क्षेत्रीले २–२ र सन्देश जिसीले १ विकेट लिए । 

legue cricket 6.jpg
बिहीबार कृष्ण पराजुली म्यान अफ द म्याचबाट पुरस्कृत भए । तिलोत्तमाका पराजुलीले ४ ओभर २ मेडेन खेल्दै ९ रन खर्चेर ५ विकेट लिएका थिए भने टिमको लागि ६ रनको योग्दान समेत दिएका थिए । 
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । अहिले सम्मको खेलबाट ३ वटा टिम डिभिजन ए मा उक्लिएको छ । शुक्रबार बेस्टर्न क्रिकेट क्लब र बुटवल युथ बीच प्रतियोगिता हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । 
स्थापनाकालको दोस्रो वर्ष देखि निरन्तर हुदै आएको प्रतियोगिताको यस वर्ष पनि नेपाल टेलिकमले मुख्य प्रायोजन, विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्सले सहप्रायोजन गरेको छ । प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । 


  • सम्बन्धित विषय:

  • # रूपन्देही सुपर लिग क्रिकेट

  • लुम्बिनी चिन्तन

    थप समाचार