Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बेलहिया नाका सुचारु गर्न नेपाल भारत अवध मैत्री समाजको ऐकबद्धता 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण ८, २०७७ शनिवार
  • 1.1K
    SHARES

बेलहिया नाका सुचारु गर्न नेपाल भारत अवध मैत्री समाजको ऐकबद्धता 

भैरहवा । नेपाल–भारत दशगजामा भएको धर्ना कार्यक्रमलाई नेपाल भारत अवध मैत्री समाज रुपन्देहीले ऐकबद्धता जनाएको छ । 
स्थलमार्ग भई सबै भन्दा बढि पर्यटक आउने नाका बेलहिया पूर्ण रुपले सञ्चालनमा नआउदा पर्यटन व्यवसाय ध्वस्त भएको भन्दै होटल त्था पर्यटन व्यसायी सहित दर्जन बढि संघसस्थाले आन्दोलन गरिरहेका छन । फागुन ३ गते देखि सुरु भएको चरणबद्ध धर्ना अभियानमा हाम्रो पनि पूर्ण समर्थन रहेको नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।  पर्यटकीय नगर भैरहवा र लुम्बिनीका लागि बेलहिया नाका खोल्न समाजले पनि जोडदार माग गरेको छ । 
कोरोनाको जोखिम देखाउदै सरकारले पर्यटन क्षेत्रलाई धरासायी बनाएको छ । पर्यटन र पर्यटकको पुनः निरन्तरता तथा संचालनका लागि बेलहिया नाकाबाट पूर्व अवस्था जस्तै आवतजावत पर्यटकीय गतिविधी सहितको वातावरण बनाउन समाजले दुवै सरकार समक्ष माग गरेको छ ।
कोरोना महामारीका कारण सीमा नाकाहरु एक वर्षदेखि बन्द छ, लामो समय सीमा नाका बन्द हुँदा होटल र पर्यटन व्यवसाय संकटमा परेकाले तत्काल सञ्चालन गर्न माग गर्दै व्यवसायीहरु धर्ना बसेका हुन् । 
‘नाका सञ्चालन नहुँदा सीमा क्षेत्रमा व्यवसाय, पर्यटन व्यवसायीहरुले घरभाडा,कर्मचारीलाई तलब, विद्युत महसुल समेत तिर्न नसक्ने अवस्था आएकोले बाध्य भएर सिमामा आन्दोलन गरिरहेका छन । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार