Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा लामिनारको नयाँ शोरुम सञ्चालन


  • लुम्बिनी चिन्तन
  • जेठ २, २०८३ शनिवार
  • 218
    SHARES

भैरहवामा लामिनारको नयाँ शोरुम सञ्चालन


भैरहवा जेठ २/
जेजे स्टोनेक्स प्रालि भैरहवाले नेपाली टायल लामिनारको नयाँ सोरुम संचालनमा ल्याएको छ । नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारको नयाँ एम्पोरियो डिलर शोरुम भैरहवा स्थित बुद्धचोकमा संचालनमा आएको हो ।
सोरुमको लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका थिए ।  शोरुम उद्घाटन गर्दै मन्त्री पाण्डेयले युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन भएकोमा खुशी व्यक्त गरे । युवाहरुले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदै व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समते बताए ।

laminar 1.jpg
उद्घाटन समारोहमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताए । 
प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताका बीचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिया टायलको विक्रीवितरण सुरु गरेपछि आमउपभोक्तालाई सहज हुने विश्वास गरिएको छ ।
बर्दियामा रहेको यस उघोगका उत्पादन नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाइड टायल) अन्तर्गत पर्छन् । यि टायलहरुले कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल छन् ्। भैरहवाको शोरुममा लमिनारका ५ सय भन्दा बढी डिजाइनका टायल उपलब्ध हुने लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले बताए ।

laminar 2.jpg
जेजे स्टोनेक्स प्रालिका निर्देशक देवकुमार अग्रवालले अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र नहेरी टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेको बताए । उनले लामिनारको यो सोरुममा यी सबै कुराहरु बुझाइने जनाए । लामिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार