Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रूपन्देहीमा नक्कली नोट छाप्न प्रयोग गरिएका उपकरण र नक्कली नोटसहित ६ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ ३१, २०८३ बुधवार
  • 72
    SHARES

रूपन्देहीमा नक्कली नोट छाप्न प्रयोग गरिएका उपकरण र नक्कली नोटसहित ६ जना पक्राउ


भैरहवा असार ३१/
नक्कली नोट छाप्न प्रयोग गरिएका उपकरण र नक्कली नोटसहित रुपन्द्येही प्रहरीले ६ जना पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी उक्त कार्यमा संलग्नहरुको बारे जानकारी गराएको हो ।
असार २६ गते बुटवलमा चिनजानकै गंगा कुमारी पूर्वछानेले एक महिलालाई इसेवामार्फत् २ हजार १ सय रुपैयाँ ट्रान्सफर गर्न लगाएर दुईवटा हजारका नोट दिएकी थिईन ।
हजार दरका दुई नोट नक्कली भएको थाहा पाएपछि पीडित महिलाले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएकी थिइन् । अनुसन्धानका क्रममा बुटवल र पोखराका आरोपीहरुको घरबाट समेत नक्कली एक हजार दरका नोट प्रहरीले बरामद गरेको  रुपन्देहीका निमित्त प्रहरी प्रमुख डीएसपी कृष्णकुमार चन्दले बताए ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, सिर्जनानगर बस्ने बर्ष ३६ की गंगा कुमारी पुर्वछाने, कास्कीको पोखरा महानगरपालिका–१ बस्ने कृष्ण भन्ने किरण कृष्ण तिवारी, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ बस्ने रामचन्द्र खत्री, कपिलवस्तुको बाणगंगा नगरपालालिका–२ बस्ने संजय थारु, दोलखाको सैलुङ गाउँपालिका–४ वस्ने वर्ष ३८ को पासाङ तामाङ र भारत पश्चिम बंगाल सिलुगुढी भक्तिनगर थाना बस्ने वर्ष ४९ को बासुमित्र आनन्द छन् ।
उनीहरुको घर तथा शरीर खानतलासीको क्रममा तयार भएका सक्कली जस्तो देखिने एक हजार दरका नक्कली नेपाली नोट ६ सय २२ थान बरामद गरिएको डीएसपी चन्दले बताए ।
प्रहरी फोटोकपी मेसिन, डेल कम्पनीको ल्याप्टप, नक्कली नोट कटिङ गर्न प्रयोग हुने मेसिन, नक्कली नोट प्रिन्ट गर्न प्रयोग हुने प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गर्ने पेपर १ कार्टुन पनि बरामद गरेको छ । यस्तै, नक्कली नोट बनाउन प्रयोग हुने केमिकल, लेमिलेसन मेसिन, प्लाष्टिक पेपर र ६ वटा मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार