Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

गौतमबुद्ध विमानस्थल नियमित संचालनको माग गर्दै सिद्धार्थ सञ्जालको टोली काठमाण्डौमा


  • लुम्बिनी चिन्तन
  • आषाढ २५, २०८३ बिहिवार
  • 120
    SHARES

गौतमबुद्ध विमानस्थल नियमित संचालनको माग गर्दै सिद्धार्थ सञ्जालको टोली काठमाण्डौमा


भैरहवा असार २५, 
गौतमबुद्ध विमानस्थल नियमित संचालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको टोली काठमाण्डौका बिभिन्न मन्त्रालयहरुमा ध्यानआक्रशण गराउन पुगेको छ ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनिमा बिश्वभरका बौद्धमार्गीहरुलाई भित्तयाउने महत्वकाक्षी योजनाका साथ निमार्ण सम्पन्न भएको गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमान स्थल उद्धघाटन भएको लामो समय बिती सक्दा पनि नियमित संचालनमा आउन नसकेपछि भैरहवाका पर्यटन ब्यावसायिहरु आबद्ध संस्था सिदार्थ संजालको टोली काठमाण्डौ पुगेको हो ।
बिमानस्थल नियमित संचालनमा नआउदा नेपाल सरकार र निजी क्षेत्रको अरबौं रुपैयाँको लगानी जोखीममा परेको सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए ।
टोलीले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडक राज पौडेल (गनेस) लाई ज्ञापनपत्र बुझाउँदै लुम्बिनी विश्व शान्तिको केन्द्र, बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख गन्तव्य भए पनि विमानस्थलको प्रभावकारी सञ्चालन नहुँदा यसको प्रत्यक्ष लाभ राष्ट्रले लिन नसकेको जनाएको छ ।
नेपाल सरकारको ठूलो लगानी, स्थानीय तहको सहयोग तथा निजी क्षेत्रको अरबौं रुपैयाँ बराबरको लगानी विमानस्थल केन्द्रित पर्यटन, होटल, यातायात, व्यापार तथा सेवा क्षेत्रमा भएको छ । विमानस्थल सञ्चालन भएसँगै नियमित अन्तर्राष्ट्रिय उडान हुने विश्वासका आधारमा सयौं व्यवसायीहरुले होटल, रिसोर्ट, ट्राभल एण्ड टुर, रेष्टुरेण्ट, यातायात तथा अन्य सेवा क्षेत्रमा ठूलो लगानी गरेका थिए । तर, अपेक्षित अन्तर्राष्ट्रिय उडान नहुँदा ती लगानीहरु जोखिममा परेका छन् त्यसैले निजी क्षेत्र निराश तथा निरुत्साहित बन्दै गएको छ, ’सञ्जालका अध्यक्ष ज्ञवालीले भने ।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा नेपालको पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारमा जाने श्रमिकहरुको सहजता, विदेशी पर्यटक आगमन तथा क्षेत्रीय आर्थिक गतिविधिमासमेत नकारात्मक प्रभाव पारेको छ  । विगतमा प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित निकायहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्ने, नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्ने तथा यसलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने प्रतिवद्धता सार्वजनिक रुपमा व्यक्त गरे पनि ती प्रतिबद्धताहरु हालसम्म व्यवहारमा पूर्णरुपमा कार्यान्वयन हुन नसकेको सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए ।
बिमानस्थल संचालनका बिषयमा निजी क्षेत्र, उद्योगी–व्यवसायी, नागरिक समाज तथा विभिन्न संघ–संस्थाहरुले पटकपटक ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने, आन्दोलन गर्ने, धर्ना तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएतापनि सुनुवाई हुन नसकेको श्रेष्ठको भनाई छ । तत्काल परिणाममुखी पहल गर्न उहाँले मन्त्री पौडेललाई आग्रह गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन केवल रुपन्देही वा लुम्बिनी प्रदेशको मात्र विषय नभइ समग्र राष्ट्रको आर्थिक, पर्यटन तथा विकाससँग जोडिएको राष्ट्रिय सरोकारको विषय रहेको श्रेष्ठको भनाई थियो । 
ज्ञापनपत्र बुझदै मन्त्री पौडेलले बिमानस्थल संचालनका बिषयमा उच्च प्राथमिकतामा राखी कामहरु भैरहेको बताए । 
संजालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित तथा दिगो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई आकर्षित गर्न आवश्यक सहुलियत, शुल्क छुट तथा प्रोत्साहनका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न माग गरेको छ ।
त्यसैगरी दोहा, दुबई, आबुधावी, दमाम, रियाद, कुआलाम्पुर, दिल्ली, मुम्बई, बैंकक, लगायतका प्रमुख गन्तव्यहरुमा नियमित प्रत्यक्ष उडान सञ्चालनका लागि उच्चस्तरीय पहल गर्न , विमानस्थल सञ्चालनमा देखिएका नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय समस्याहरुको पहिचान गरी तत्काल समाधान गर्न , लुम्बिनी प्रदेशका नागरिकलाई काठमाडौंकेन्द्रित हवाईसेवाको बाध्यताबाट मुक्त गराइ भैरहवाबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न सक्ने वातावरण सुनिश्चित गर्न माग गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार