भैरहवा । उद्योगी व्यवसायीहरुको अग्रणी साझा सस्था सिद्धार्थ उद्योग वाणिज्य संघले ६६ वर्षको इतिहास पुरा गरेको छ ।
विस २०११ सालमा संस्थापक अध्यक्ष मंगल सेेन शर्माको नेतृत्वमा स्थापित भैरहवा व्यापार मण्डलबाट सुरुवात भएको सस्था २०३१ सालमा भैरहवा उद्योग वाणिज्य संघ, सिद्धार्थनगर उद्योग बाणिज्य संघ हुदै सिद्धार्थ उद्योग वाणिज्य संघ भएको हो ।
यस संस्थामा हाल सम्म मंगल सेेेन शर्मा, केशरदेव बेरीवाल, नथमल अग्रवाल, गिरधारी मित्तल, कृष्णमान शेरचन, रुद्रविलास तुलाचन, मथुरा प्रसाद वजिमय, माधवलाल श्रेष्ठ, सुधा नारायण मनान्धर, मोहन सिंह विजुक्छे, निधान चन्द्र श्रेष्ठ, धुव्रकुमार श्रेष्ठ, ओमकार गौचन, रामशंकर कान्दु, कृष्ण प्रसाद शर्मा, महेन्द्र कुमार श्रेष्ठ, विष्णु प्रसाद शर्मा, रामकुमार शर्माले सफल नेतृत्व प्रदान गरिसकेका छन ।
हाल कुल प्रसाद न्यौपानेले नेतृत्व गरिरहेका छन । रुपन्देही जिल्ला भरि कार्यक्षेत्र रहेको यस सस्थाले थुप्रै सफल नेतृत्व निर्माण गरेको छ । अहिलेको अधिवेशनले भिष्म प्रसाद न्यौपाने सर्वज्ञले संघको नेतृत्व लिएका छन, अध्यक्ष पदको लागि कसैको उम्मेदवारी नपरेकोले न्यौपाने निर्विरोध निर्वाचित भएका छन ।
संघका सदस्यमा यस वर्ष १९४६ सदस्य रहेका छन जस मध्ये १९०४ सदस्यले मात्र यस पटक मत हाल्न पाउने छन । बस्तुगत तर्फ ७, उद्योग तर्फ ३७५, कर्पोरेट तर्फ १३९ र वाणिज्य तर्फ १३८३ जना सदस्यको मताधिकार छ ।