Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिउवा अधिवेशन : पदाधिकारी निर्विरोध, सदस्यमा मतदान हुने


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १२, २०७७ बुधवार
  • 1.3K
    SHARES

सिउवा अधिवेशन : पदाधिकारी निर्विरोध, सदस्यमा मतदान हुने

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी फागुन  २२ गते हुने अधिवेशनका लागि ४६ जनाले उम्मेदवारी दिएका छन । २८ पद बाट नयाँ नेतृत्व चयनका लागि हुने भएपनि सबै पदाधिकारी र केही सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । हालका वरिष्ठ उपाध्यक्ष भिष्म प्रसाद न्यौपाने अध्यक्ष पदको लागि, बाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा, महासचिव नेत्र न्यौपाने वाणिज्य उपाध्यक्षमा, उद्योग उपाध्यक्ष अरुण गोयन्का यस वर्ष देखि थपिएको करर्पोरेट उपाध्यक्षमा, कोषाध्यक्ष दिलीप कान्दु उद्योग उपाध्यक्षमा, सचिव विजय पाण्डे महासचिवमा, हालका मनोनित सदस्य दिपेन्द्र प्रधान सचिव पदमा र कोषाध्यक्ष पदका लागि अहिलेका कार्य समिति सदस्य गोबिन्द ज्ञवाली उम्मेदवारी दिएका थिए । पदाधिकारीमा दोहोरो उम्मेदवारी नपरे पछि सबै सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन । 
त्यस्तै  वस्तुगत सद्स्य तर्फ कृष्ण प्रसाद घिमिरे, एक महिला वाणिज्य पदको लागि हालका कार्यसमिति सदस्य यमकला न्यौपाने, २ पद एशोसियट सदस्यका लागि रोहित अग्रवाल र विकास गोयन्काको उम्मेदवारी परेको छ उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन । 
खुल्ला वाणिज्य सदस्य तर्फ १० पदको लागि १९ जनाको उम्मेदवारी परेको छ । हालका कार्यसमिति सदस्य प्रितम रौनियार, हरिश सेठिया, धर्मविर शर्मा, गौरब श्रेष्ठ, अर्जुन कार्की, गोपाल भण्डारी, गंगासागर अग्रहरी, त्रिलोकी प्रसाद तेली, संजय वेरिवाल, कमल मरासिनी र  कृष्ण अधिकारी, रामबचन गुप्ता तेली, संचित खन्ना, प्रमोद रिजाल, दिनेश अमात्य, धर्मराज आचार्य, विशाल जैसवाल, अभिनव मयुर कसौधन, जवाहिर अग्रहरि नयाँ अनुहारको रुपमा कार्यसमिति सदस्यका लागि प्रवेश गर्ने भन्दै उम्मेदवारी दिएका छन ।
त्यसतै एक महिला उद्योग सदस्य तर्फ ४ जनाको उम्मेदवारी परेको छ । हालकी महिला सदस्य पल्लवी  न्यौपाने सँगै सोही पदका लागि मिना पन्थी, अनिसा शर्मा र विष्णु माया शर्माले उम्मेदवारी दिएका छन । 
त्यस्तै उद्योग सदस्य तर्फ ५ पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन । हालका कार्यसमिति सदस्य रमेश घिमिरे, मंगल भण्डारी, सुरेन्द्र उपाध्याय, भुवन कान्दु सँगै  उमाशंकर मिश्रा, ओम जैशी, हरि बहादुर थापा, रामचन्द्र उपाध्याय, पुरुषोत्तम लम्साल, रचना क्षेत्री र सन्दिप पौडेलले उम्मेदवारी दिएका छन ।
३० सदस्सीय कार्यसमिती रहेको संघमा यस वर्ष ३२ सदस्यीय कार्यसमिति रहने छ । २०७४ सालको संशोधीत विधान अनुसार १०० जना कर्पोरेट सदस्य भएमा १ जना निर्वाचित कर्पोरेट उपाध्यक्ष रहने व्यवस्था भए बमोजिम हाल कर्पोरेट सदस्यको संख्या १४७ पुगेकोले विधान अनुसार कर्पोरेट उपाध्यक्ष पद थपिएको छ । त्यस्तै यस वर्ष देखि मनोनित सदस्यको संख्या पनि ३ बनाइएको छ ।  यसको अलावा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने र ३ जना सदस्य(उद्योग, वाणिज्य, पर्यटन) मनोनित गरी ३२ जनाको कार्यसमिती रहने छ । 
यसपटकको मतदानमा मतदाताले अनिवार्य रुपमा खुल्ला वाणिज्य तर्फ १० जनालाई र खुल्ला उद्योग तर्फ ५ जनालाई मत दिइने प्रावधान ल्याएको छ । संघका सदस्यमा यस वर्ष १९४६ सदस्य रहेका छन जस मध्ये १९०४ सदस्यले मात्र यस पटक मत हाल्न पाउने छन । बस्तुगत तर्फ ७, उद्योग तर्फ ३७५, कर्पोरेट तर्फ १३९ र वाणिज्य तर्फ १३८३ जना सदस्यको मताधिकार छ । 


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार