Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

टुगा आस्थाको दोश्रो बालभेला सम्पन्न


  • लुम्बिनी चिन्तन
  • पौष २४, २०७८ शनिवार
  • 560
    SHARES

टुगा आस्थाको  दोश्रो बालभेला सम्पन्न

पुस २४,

टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संस्था लि. ओमसतिया-१ रुपन्देहीले बचत प्रवर्धन उपसमितिको संयोजनमा ओमसतिया-१ स्थित मगर भवनमा संस्थाको बाल बचतकर्ताको सेवाकेन्द्र स्तरीय दोश्रो बालभेला सम्पन्न गरेकोछ I

बचत प्रवर्धन उपसमिति संयोजक रानुका भण्डारीको अध्यक्षता, वरिष्ट सल्लाहकार भीमबहादुर पुनको प्रमुख आतिथ्यतामा आयोजित भेलालाइ संस्थाको कोषाध्यक्ष लालबहादुर थापा र शिक्षा उपसमिति संयोजक गोकुल पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए I

भेलामा ५ जना खुश्बु पठान, प्रविना जोशी, अनिकेत घर्ति, प्रथम गुरुङ र सुनिल थारुलाइ उत्कृष्ट बाल बचतकर्ता सम्मान वापत नगद पुरस्कार सहित सम्मानपत्र र जेहन्दार ८ जना बाल बचतकर्ता विद्धार्थीहरु प्रतिक श्रेष्ठ, आदित्य थापा, स्पन्दन घिमिरे, सौर्य गौचन, सुनिमा पुन, स्नेहा सोमरे, प्रसुन बज्राचार्य र बिबेक सिंह थारुलाइ शैक्षिक पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो I

भेलामा २२ जना नृत्य, कविता र वक्तित्व कला प्रदर्शन गरेका सहभागी बालबालिकालाइ सान्तवना पुरस्कार वितरण गरिएको थियो I संस्थाको बाल बचत र खुत्रुके बचत योजनाको अभिमुखीकरण संस्थाको मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले गरेका थिए I प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ट सल्लाहकार पुनले बालबालिकालाइ कस्तो बनाउने भन्ने कुरो अभिभावक र शिक्षकको हातमा रहेको बताउदै आफ्ना बालबालिकालाइ सानै देखि बचत गर्ने बानि सिकाउनु पर्ने जिम्मेवारी पनि अभिभावकको रहेको बताए I

बालबालिकाको भविष्य सोच्ने अभिभावक सदस्यले आफुसंगै बचत क्रियाकलापमा सहभागी हुन यस सहकारी संस्थाले सिकाएको विचार व्यक्त गरे I स्वागत मन्तव्य राख्दै उपाध्यक्ष परसुराम बास्तोलाले टुगा आस्था सहकारीले सदस्यसँग जोडिएको विविध कार्यक्रमहरु मध्ये यो बालभेला कार्यक्रम राखिएकोले कार्यक्रम सफल बनाउन आव्हान गरेका थिए I भेला संचालन मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले गरेका थिए I

भेलामा संचालक बल बहादुर थापा, अर्चनादेवी सुबेदी लगायत १७० जना सदस्यको सहभागिता रहेको थियो I आजै ओमसतिया गाउँपालिका वडा न. ३ मा संस्थाको सदस्य बिस्तार उपसमितिको संयोजनमा सहकारी अभिमुखीकरण कार्यक्रमको भेला आयोजना गरि ६७ जना नया महिला सेयर सदस्यता प्रदान गरेकोछ I सदस्य बिस्तार उपसमिति उपसंयोजक चिन्तामणि घर्तिको नेतृत्वमा सम्पन्न गरेको कार्यक्रममा संस्थाको कर्मचारीहरुले सहजीकरण गरेका थिए I


लुम्बिनी चिन्तन

थप समाचार