भैरहवा माघ ५,
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकमा अन्य सबै सेवा बन्द गरेको छ । माघ ६ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा, मुद्दासम्बन्धी कार्य र अन्य अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु स्थगित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
प्रसाशन कार्यालयमा कार्यरत ६ जना बढी कर्मचारीमा कोरोना देखीएर आईसोलेसनमा रहेको र थप केही कर्मचारीहरुमा रुघाखोकी जस्ता लक्षणहरु देखीएकाले केही दिनका लागी सेवाहरु स्थागित गरिएको प्रजिअ तिवारीले बताए । केही दिनमा थप समिक्षा गरेर सेवा बन्दगर्ने या सुचारु गर्ने भन्ने निर्णय गरिने उनले बताए ।
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नविकरण, पेन्सन सिफारिस÷प्रमाणित, नाबालक परिचयपत्र लगायतका अन्य सेवाहरु अहिलेलाई स्थगित गरिएको तिवारीले भने ।