Logo
२०८३, कार्तिक १८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १८ गते

संसद् बैठक सञ्चालन गर्न विपक्षी दलको माग


  • लुम्बिनी चिन्तन
  • कार्तिक १७, २०८३ सोमवार
  • 14
    SHARES

संसद् बैठक सञ्चालन गर्न विपक्षी दलको माग

काठमाडौं । संसद् बैठक सञ्चालन गर्न विपक्षी दलहरूले माग गरेका गरेका छन् । सोमबार (कात्तिक १६) सिंहदरबारमा सोमबार विपक्षी दलहरूको बैठकबाट संसद् सञ्चालनको माग गरिएको हो ।

सुनसरी घटनालगायत विषयमा संसदीय छानबिन समितिहरूका प्रतिवेदन, भोटेकोसी र बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावितले राहत नपाएकोलगायत विषय उठान गर्नुपर्ने भन्दै विपक्षीले संसद् सञ्चालनको माग गरेका हुन् ।

कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार स्वच्छेचारी भएको टिप्पणी गरे । न्यायालयमा बिचौलियाका विषयमा समेत सरकारले छानबिन गर्नुपर्ने उनले बताए । उनले भने, “नेपाली कांग्रेसको आधिकारिकताको विषयमा पनि प्रश्न उठाइएको छ, हामीले छानबिन गर्नुस् भनेका छौँ ।”

बैठकमा नेकपा (एमाले)का तर्फबाट सचिव एवं संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए । संसद्‌बाहिर रहेका दलका नेताहरू पनि बैठकमा उपस्थिति थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र निष्पक्ष अनुसन्धानलगायत विषयमा बैठकमा छलफल गरिएको थियो ।

सोमबारै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकबाट पत्रकारमाथिको धरपकड र न्यायालयबारेका विवादको छानबिन गर्न संसदीय विशेष समिति गठनको माग गरिएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार