Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नियोजित रूपमा मिडिया ट्रायल सुरु गरियो ः डा. ल्हारक्याल लामा


  • लुम्बिनी चिन्तन
  • बैशाख २३, २०८३ बुधवार
  • 184
    SHARES

नियोजित रूपमा मिडिया ट्रायल सुरु गरियो ः डा. ल्हारक्याल लामा


भैरहवा बैशाख २३,
लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष डा.ल्हारक्याल लामाले आफूविरुद्ध नियोजित रूपमा मिडिया ट्रायल सुरु गरीएको बताएका छन् ।
उपाध्यक्ष डा.ल्हारक्याल लामाले प्रेस विज्ञप्ति जारी गर्दै केही मिडियाले आफ्नो ५० अर्बभन्दा बढीको सम्पत्ति रहेको भनी प्रकाशित गरेको समाचार कपोलकल्पित र असत्य भएको बताएका छन् । उनले यस्ता भ्रामक समाचार सम्प्रेषण नर्गन आग्रह गर्दै प्रकाशित समाचार प्रति गम्भीर आपत्ति जनाएका छन् ।
विज्ञप्तिमा लामाले आफ्नो नाममा ५० अर्बको सम्पत्ति रहेको दाबी गर्ने पक्षलाई त्यसको प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले भनेका छन्, यदि मेरो नाममा त्यस्तो सम्पत्ति प्रमाणित हुन्छ भने त्यसलाई तत्काल राष्ट्रियकरण गर्न म राज्यलाई चुनौती दिन्छु । तर, तथ्यहीन समाचार लेखेर मेरो चरित्रहत्या गर्ने कार्य स्वीकार्य छैन ।
आफ्नो सम्पत्ति र बैंक लकरमा गोली भेटिएको पुरानो विषयलाई फेरि उछालेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ती मुद्दाहरू अदालतबाट अन्तिम रूपमा टुंगो लागिसकेको स्पष्ट पारेका छन् । अदालतले सफाइ दिइसकेका विषयलाई पुनः ब्युँताएर ुमिडिया ट्रायल गर्नु पूर्वाग्रही र निन्दनीय कार्य हो, विज्ञप्तिमा उल्लेख छ।
लुम्बिनी विकास कोषमा करिब तीन वर्ष उपाध्यक्ष रहँदा आफूले राज्यबाट कुनै पनि सेवा–सुविधा, तलब वा भत्ता नलिई आफ्नै खर्चमा काम गरेको लामाको दाबी छ । उनले आफू कहिल्यै कुनै पनि गैरकानूनी गतिविधि, भ्रष्टाचार वा ठगीमा संलग्न नरहेको समेत जिकिर गरेका छन् ।
दोहोरो नागरिकता र राहदानी सम्बन्धी आरोपहरूलाई समेत आधारहीन भन्दै लामाले सम्बन्धित मिडियालाई आफ्नो गल्ती सच्याएर तत्काल खण्डन प्रकाशित गर्न माग गरेका छन् । अन्यथा, आफ्नो प्रतिष्ठामा पुगेको आघातविरुद्ध मानहानि लगायतका कानूनी प्रक्रिया अगाडि बढाउने उनले चेतावनी दिएका छन् ।  


लुम्बिनी चिन्तन

थप समाचार