भैरहवा फागुन २३ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा।लेखजंग थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । रास्वपाका उम्मेदवार डा।थापा ५८ हजार ८ सय १४ मतका साथ निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेकपा ९एमाले०का उम्मेदवार बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का फैज अहमद खाँले २ हजार ५ सय ९४ मत ल्याउनुभएको छ।
रुपन्देही–३ मा १ लाख ४० हजार ३५ मतदातामध्ये ९३ हजार ५ हजार ५ सय ७६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीले जनाएको छ।