Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिन : केपी ओली


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २८, २०८२ बिहिवार
  • 196
    SHARES

यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिन : केपी ओली

भैरहवा फागुन २८/

एमाले अध्यक्ष केपी ओली शर्मा ओलीले यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । ओलीले सामाजिक सञ्जाल मार्फत अपेक्षा गरेजस्तो मत पाउन नसकेको बताउँदै भनेका छन्, 'हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।'

यस्ताे कठिन समयमा पनि सूर्य चिन्हमा मतदान गर्ने सबै मतदातालाई ओलीले धन्यबाद दिँदै भने, 'यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।'

निर्वाचनको परिणाम आफ्नो पार्टीको पक्षमा नआएको बताउँदै ओलीले भनेका छन्, 'निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।'

सामाजिक सञ्जाल मार्फत ओलीको सन्देश जस्ताको तस्तै :

दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।

यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो। 

निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन।

हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।

निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएकाे छ । बुधबार सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट प्राप्त गरेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको हो ।

यस्तै, कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८, एमालेले प्रत्यक्ष नौ र समानुपातिक १६ गरी २५, नेकपाले प्रत्यक्ष आठ र समानुपातिक नौ गरी १७, श्रम संस्कृतिले प्रत्यक्ष तीन र समानुपातिक चार गरी सात, राप्रपाले प्रत्यक्ष एक र समानुपातिक चार गरी पाँच सिट प्राप्त गरेको छ । एकजना स्वतन्त्र निर्वाचित भएका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार