Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

यो समाजमा परिवर्तन खोज्ने हरेक नागरिकको जित हो : डा.लेखजंग थापा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २८, २०८२ बिहिवार
  • 194
    SHARES

यो समाजमा परिवर्तन खोज्ने हरेक नागरिकको जित हो  : डा.लेखजंग थापा


भैरहवा  फागुन २७,

प्रतिनिधि सभा सदस्यमा रुपन्देही ३ बाट निर्बाचित डा.लेखजंग थापाले अहिलेको जित केवल आफ्नोमात्र नभएर समाजमा परिवर्तन खोज्ने हरेक नागरिकको जित भएको बताए ।

बुधवार भैरहवामा सञ्चारकर्मीहरुसंको भेटघाटकार्यक्रममा उनले समृद्ध नेपाल बनाउन विकास सहितको सुशासनलाई प्रभावकारी बनाइ  भ्रष्टाचारको अन्त्य हुन जरुरी रहेको बताए ।

‘निर्बाचित भएपछि मतदातासँग धन्यबाद दिन जाँदा सवैले हामीले हाम्रो काम गर्यौं अव गर्ने तपाइको पालो भन्ने गर्नुहुन्छ’ डा.थापाले भने, ‘उहाँहरुको यो भनाइले समाज परिवर्तनका लागि अव मैले गर्नु पर्ने धेरै काम रहेछन् भन्ने आभाष जुनसुकै वेलापनि गराइरहेको छ ।’ विकास निर्माणका कार्य र समाजमा आमुल सुधारका लागि सवैसंग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

मेरो बिजयमा भएको सवैभन्दा धेरै मतान्तरले मलाई जनताप्रतिको जिम्मेवारीलाई बोध गराएको महशुस गरेको बताए । बिजयमा भएको धेरै मतान्तरको गहिराइमा आम जनताको आफूप्रति लुकेको आशा, भरोसा र जिम्मेवारीको दायित्व छ जनताले दिएको यो जिम्मेवारी पुरा गर्न योजनाका साथ अगाडि बढ्ने सोंच आफूले बनाएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्बाचित डा.थापा अहिलेको निर्बाचनमा सवैभन्दा धेरै मतान्तरले निर्बाचित हुने प्रतिनिधि सभा सदस्य हुन् । ५८ हजार ८१४ मत ल्याइ निर्बाचित भएका थापाले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुगंसंग ५० हजार ३७९ को मतान्तरले बिजयी भएका हुन् ।

समाज सुधार तथा परिवर्तनका लागि स्वच्छ पत्रकारिता बिना सम्भव नभएको सो क्रममा उनको बताए । समाजमा आमुल सुधार गर्न सवै पक्षसँग निरन्तर छलफल, सहकार्य र समन्वय गरेर अघि बढ्ने छु उनले भने ।

 


लुम्बिनी चिन्तन

थप समाचार