Logo
२०८३, कार्तिक १८ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १८ गते

९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा


  • लुम्बिनी चिन्तन
  • कार्तिक १७, २०८३ सोमवार
  • 14
    SHARES

९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा

१६ कात्तिक, काठमाडौं । मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आरोगले उनीमाथि ९ करोड ७२ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले उनीसँगै उनका परिवारका सदस्य तथा अन्यलाई सजायको मागसहित आज मुद्दा दायर गरेको छ। आचार्य आचार्य खोटाङमा गाविस सचिव भई २०५४ माघ २ गते सुरु नियुक्ति पाएयता २०८० मंसिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको छ।

उनी र उनकी श्रीमतीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री आय, बैंक तथा बित्तीय संस्थाबाट ऋण कर्जा आय, बैना रकम फिर्ता आय, कृषि आय र व्याज आय गरी जम्मा ६ करोड २५ लाख ६३ हजार ३४५ रूपैयाँ ४८ पैसा वैधानिक आय गरेको देखिएको अख्तियारको दाबी छ।


लुम्बिनी चिन्तन

थप समाचार