Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

सहुलियत कृषि कर्जा साना कृषक सम्म पुग्न नसकेको गुनासो ।


  • लुम्बिनी चिन्तन
  • माघ १२, २०७८ बुधवार
  • 1.1K
    SHARES

सहुलियत कृषि कर्जा साना कृषक सम्म पुग्न नसकेको गुनासो ।

भैरहवा माघ ९
प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाई रुपन्देहीको आयोजनामा भैरहवामा सहुलियत कृषि कर्जा कार्यान्वयनका लागी सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाई रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा कृषि कर्जा कार्यान्वयनमा आईपर्ने समस्याहरुको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरुले निम्न बर्गका कृषकसम्म सहुलियतपुर्ण कर्जा पुग्न नसकेको गुनासो गरेका थिए । नेपाल राष्ट्र बैकले बैंकहरुलाई निश्चित प्रतिशत रकम कृषि कर्जाका लागी लगानी गर्नु पर्ने नीति बनाए पनि बैकहरु कृषिमा हुने जोखिमबाट बच्नका लागी आफै सम्पन्न कृषकलाई पहिचान गरी उनिहरुलाई कृषि कर्जा लिन आग्रह गरी कर्जा उपलब्ध गराउने गरेको गुनासो राखेका थिए । निम्न बर्गका कृषहरुलाई बिना धितो फर्म बाट पनि १० लाख सम्म ऋण उपलब्ध गराउन सकिने राष्ट्र बैकले निदृष्ट गरेको भए पनि बैकहरुले ग्रामीण क्षेत्रमा रहेका कृषहरुलाई कर्जा उपलब्ध नगराउने गरेको सहभागीहरुको भनाई थियो । कृषि कर्जा शहरमुखी भएको  कृषकहरुको गुनासो थियो । जसले बैकमा जग्गा धितो राख्न सक्दछ उसलाई नै कर्जा दिने गरेको कृषकहरुको गुनासो गरे ।

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना कार्यान्वयन एकाई रुपन्देहीका प्रमुख नारायण काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैकका निर्देशक रन्जना पौडेलले सहुलियत कृषि कर्जा कार्यान्वयनका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न बैंकहरुका शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानहरुमा रहेका कृषकहरुबाट संकलन गरेर ल्याईएका समस्याहरुको बारेमा छलफल गरिएको थियो । कृषिमा बढी जोखिम हुने देखेर बैकले सक्षम व्यतिm हेरेर कर्जा सिफारीस गर्ने गरेको कृषहरुको गुनासो थियो । वास्तविक साना किसानहरु बैकको पहुचमा नरहेको किसानहरुको गुनासो छ ।

त्यसैगरी अनुदान पाएको किसानले बैकको सहुलियत कर्जा नपाउने नीति गलत भएको किसानहरुको भनाई छ । २० लाख अनुदान पाउंदा १ करोड कर्जामा सहुलियत पाएन भने कृषक मर्कामा पर्ने उनिहरुको भनाई थियो । अनुदानको रकमबाट कृषि फम नचल्ने भएकाले कर्जा अनिवार्य भएको अवस्थामा कृषकहरुलाई समस्या हुने गरेको छ । सानो तिनो सरकारी अनुदान रकमले कृषकलाई आवशयक पर्ने ठुलो कर्जामा सहुलियत नपाउदा समस्या हुने गरेको बताए । साथै कृषि बिमा पनि मुख्य समस्या रहेको उनिहरुको भनाई थियो । केही कुरामा बिमा भएता पनि बिमा दाबी गर्ने बेलामा प्राबिधिकले बिभिन्न बहानामा ढिला आउने गरेको बताए ।

कार्यक्रममा सहभागी बिभिन्न बैकका प्रतिनिधिहरुले राष्ट्र बैकले निदृष्ट गरेको कृषि सहुलियत कर्जाका बिषयमा देखिएका समस्याहरुका बारेमा जानकारी लिएका थिए । कार्यक्रममा कृषि अधिकृत जोगेन्द्र कान्दुले सहजीकरण गर्नु भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार