Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही क्रिकेट संघले क्रिकेट एकेडमी संचालन गर्ने ।


  • लुम्बिनी चिन्तन
  • माघ १५, २०७८ शनिवार
  • 328
    SHARES

रुपन्देही क्रिकेट संघले क्रिकेट एकेडमी संचालन गर्ने ।


भैरहवा माघ १५,
रुपन्देही क्रिकेट संघले महिला र आर्थिक अवस्थाकमजोर भएर क्रिकेट खेल्न बाट बन्चीतहरुलाई लक्षीत गरि क्रिकेट एकेडमी संचालन गर्ने भएको छ ।
रुपन्देही क्रिकेट संघको नया कार्यसमितीले शनिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि बार्षिक कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो । 
जिल्लामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको रुपन्द्येही क्रिकेट संघका अध्यक्ष हरी बहादुर थापाले जानकारी दिए । संघको पहिलो बैठकले जिल्लाका आर्थिक अवश्था कमजोर भएका र महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित “रुपन्देही क्रिकेट एकेडेमी” सञ्चालन गर्ने निर्णय गरेको छ अध्यक्ष थापाले भने ।
रुपन्देहीको भैरहवा, बुटवल, मणिग्राम लगायतमा क्रिकेट एकेडेमी सञ्चालनमा रहे पनि अब रुपन्देही क्रिकेट संघले पनि प्रदेश सरकारको सहयोगमा आफ्नै एकेडेमी सञ्चालन गर्ने क्रिकेट संघका सचिव सञ्जय गुरुङ्गले भने । सक्ने संग न्यून शुल्क लिनेछौं नसक्नेको लागी अवस्था हेरी निशुल्क गर्नेछौं गुरुङ्गले भने । महिलाको हकमा भने पूर्ण रुपमा निशुल्क रहने छ । 
सिद्धार्थ रंगशालामा खेलको मैदान उपलब्ध रहे पनि प्रशिक्षणको अभाव थियो । अब मैदानकै छेउमा प्रशिक्षको ब्यवस्था समेत रहने सचिव गुरुङ्गले बताए । प्रशिक्षकको लागी क्रिकेटर बसन्त शाहीको नेतृत्वमा समिति पनि गठन भएको उनले बताए । त्यसैगरी संघले माघ २७ गते देखी जेबी स्पोर्टस प्रेसिडेन्ट कपको आयोजना गरिने गुरुङ्गले जनाए । प्रतियोगितामा सेतो ड्रेसमा रातो बलले खेल हुने छ । 
संघले फागुन ७ गते देखी करिब १ महिना सञ्चालन हुने गरि रुपन्देही सुपर लिग पनि गर्ने भएको छ । प्रतियोगितामा बि डिभिजनका ४ वटा टिमलाई प्रतिष्प्रर्धाको आधारमा ए डिभिजन मा लैजाने र ए डिभिजिनका पहिलेका ८ सहित १२ टिमले लिग म्याच खैल्ने छन् । 
लिगको अन्तिममा पुछारमा रहेका ए डिभिजनको ४ टिम बि डिभिजनमा घटुवा गरिने छ । ५० ओभरको म्याच रहेको यो लिग नेपालकै उत्कृष्ट प्रतियोगिता मध्येको एक रहेको संघको भनाई छ । संघका नवनिर्वाचित अध्यक्ष हरि थापाले क्रिकेटको बिकासको लागी सबैको सहकार्यमा अगाडी बढ्ने प्रतिवद्धता जनाए । आफु पनि पूर्व राष्ट्रिय खेलाडी रहेको कारण क्रिकेटको विकासको लागी सर्वोत्कृष्ट प्रयास गर्ने बताए । म क्रिकेट खेललाई राम्रो संग बुझेको छु । मेरो कार्यकालमा क्रिकेटका क्षेत्रमा उलेख्य योगदान दिने छु अध्यक्ष थापाले भने ।

 


लुम्बिनी चिन्तन

थप समाचार