भैरहवा । शरीरको संकेतलाई मानिसले वेवास्ता गर्दा नै शरीरिक अस्वास्थ्यता हुने गरेको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन ।
न्युज ओके पत्रिकाले विश्व मृगौला दिवसको अवसर पारेर आयोजना गरेको सुरक्षित मृगौला विषयक अन्तरक्रिया तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सहभागीहरुले कुनै पनि रोगको उपचार गर्नुभन्दा पहिला त्यो रोग किन र कसरी लाग्यो खोज्न जरुरी रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै द्वय मृगौला रोग विशेषज्ञ डा. सुवोध पाण्डे र कृष्ण अग्रवालले मृगौला फेल भएकालाई विरामी भन्न नमिल्ने बताए । अरु रोग भन्दा मृगौलाका रोगीले डायलसिस गरे पछि रिफ्रेस हुने हुदा यसलाई विरामीको रुपमा नलिन उनले सबैलाई आग्रह गरे । ‘हाम्रो शरीरमा कुनै पनि रोग लाग्न भन्दा पहिला संकेत दिन्छ, लक्षणहरु देखा पर्छ तर ती परिवर्तनलाई हामीले तत्काल वास्ता नगर्दा नै शरीरिक समस्या निम्तिने गरेका छन । मृगौला फेल भएर कोही मर्दैन, मृगौलाले काम नगरेर अन्य अंगमा समस्या आएपछि मात्र ज्यान जाने गरेको हुन्छ’ विशेषज्ञहरु भने ।
नेपालमा दैनिक मर्ने संख्याको २० प्रतिशतको ज्यान रोगलाई विगारेर वा रोग थाहा नभएर जाने हुदा कुनै पनि शरीरिक समस्या र परिवर्तनलाई सामान्य रुपमा लिनु हुदैन । हामी भौतिक बस्तुको संरक्षण गर्न थुप्रै लगानी गर्छौ तर अमुल्य आफ्नो शरीरलाई वेवास्ता गर्दा नै जटिल अवस्थामा पुग्ने गरेको बताए ।
७०–८० प्रतिशत खराब भएपछि मात्र लक्षण देखिनुले पनि मृगौला फेलिएर वर्षेनी ३ हजारका दरले बढिरहेका छन । ५० प्रतिशत सम्म मृगौला खराब भएपनि खासै कुनै लक्षण नदेखिने भएकोले प्रत्येक ३–३ महिनामा नियमित मृगौला परिक्षण गराउनु पर्ने, दैनिक ढेड देखि २ लिटर पिसाब फेर्नु पर्ने, प्रत्येक २ घण्टामा पानी खानु पर्ने चिकित्सकले सल्लाह दिएका छन । अधिकांस किड्नी फेल दीर्घ रोगको समस्या ब्ल्ड प्रेसर, मधुमेह, र इन्फेक्सन रोगबाट ग्रसित मध्येबाट हुने भएकोले आफैमा सचेत हुनु पर्ने बताए ।

दिवसको सन्दर्भमा आयोजित कार्याक्रममा मृगौला प्रत्यारोपण र डायलसिस गराएका कृष्ण पाण्डे, उज्जवल जोशी, मनिस भट्टराई, गौतम रौनियार र सुदर्शन पन्तले आफ्नो अनुभव सुनाएका थिए । मृगौला रोग बढि खर्चिलो र महगो भएकोले रोग लाग्न नदिनु नै बेस रहेको उनीहरुको भनाई छ । पैसा जान्छ, जान्छ डायलसिसको पिडा पनि सह्न सकिदैन, किड्नी फेल भएर मरिदैन हामी नियमित डायलसिस गराएर पनि समाजमा संवाहक भएर हिडेका छौ, हरेक २० जनामा एक जनालाई मृगौलाको समस्या हुन्छ । मृगौला फेल भएर हरेस खानु हुदैन हामी कति वर्ष देखि यही तपाईकै समाजमा छौ । दैनिक १८० लिटर भन्दा बढि रगत फिल्टर गर्ने मृगौला शरीरको महत्वपूर्ण अंगहरुलाई नियन्त्रण गर्ने अंग हो । मृगौलामा नै असर भए समग्र रक्त संचारमा नै समस्या सृजना हुने हुदा नियमित स्वास्थ्य जाच गराउनु पर्ने अनुभवीहरुको सुझाव छ ।

कार्यक्रममा सिद्धार्थनगरकै मृगौला पिडित २२ वर्षिय आयुषा पाण्डेलाई विभिन्न व्यक्तिहरुले व्यक्तिगत, सस्थागत रुपमा सहयोग गरेका थिए । पाण्डे मृगौला रोगले ग्रसित भएपछि काठमाण्डाबाट उनको डायलसिस भइरहेको छ । आर्थिक अभावले उपचारमा कमि आउनु हुदैन र आउना दिदैनौ भन्दै आयोजकले मृगौला दिवसको अवसरमा आयोजित कार्यक्रममा समेत ५ लाख बढि सहयोग संकलन गरिदिएको छ । कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले १ लाख २२ हजा, प्रमुख अतिथी संविधान सभा सदस्य इस्तियाक अहमद खान र लायन्स क्लब अफ सिद्धार्थनगरले ५१–५१ हजार, लायन नवराज न्यौपानेले २ वर्ष सम्म प्रति महिना ५ हजारका दरले र कार्यक्रममा २१ हजार, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले ४५ हजार, सिद्धार्थ लेडी जेसिले ३० हजार, लायन्स क्लब अफ क्रियटिभ लेडीले २५ हजार ५ सय, जेसिआई सिद्धार्थले २५ हजार, लायन्स सिद्धार्थनगर लोटसले ११ हजार र मायादेवी फाउण्डेशन लगायतले १० हजार सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागीहरुले विशेषज्ञ चिकित्सक र अनुभवीहरुसँग जिज्ञासा राखेका थिए ।

पत्रिकाका अध्यक्ष विमल सेञ्चुरीको अध्यक्षता, प्रबन्ध निर्देशक विक्रम मल्लको स्वागत तथा सम्पादक मनोरञ्जन शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्य समितीलाई न्युज ओके पत्रिकाले सम्मान समेत गरेको थियो ।