Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

टुगा आस्था विकास साकोसको चौथो वार्षिक साधारण सभाको दोश्रो प्रतिनिधिमूलक एकाइ बैठक सम्पन्न


  • लुम्बिनी चिन्तन
  • भाद्र २९, २०७९ बुधवार
  • 602
    SHARES

टुगा आस्था विकास साकोसको चौथो वार्षिक साधारण सभाको दोश्रो प्रतिनिधिमूलक एकाइ बैठक सम्पन्न


भैरहवा भदौ २९,
टुगा आस्था विकास साकोसको चौथो वार्षिक साधारण सभाको दोश्रो प्रतिनिधिमूलक एकाइ बैठक सम्पन्न भएको छ । 
तिलोत्तमा–१५, स्थित दुर्गा माध्यमिक बिद्धालय दुर्गानगरको प्रांगणमा सचिव  जीतबहादुर रासकोटीको अध्यक्षतामा सम्पन्न भएको हो । साकोसको स्वीकृत विनियम तथा सहकारी बिभागको निर्देशिका बमोजिम तिलोत्तमा नगरपालिका वडा न. १३, १४ केन्द्रित एकाई बैठकको प्रमुख आतिथ्यता संस्था अध्यक्ष डी.बि.थापा रहनु भएको थियो । कार्यक्रममा संस्था अध्यक्ष डी.बि. थापाबाट वार्षिक प्रतिबेदन र लेखा सुपरिवेक्षण समिति सदस्य मनोज कुमार छेत्रीबाट लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 
बैठकमा सदस्यले उपस्थिति जनाउने, प्रतिबेदनमा उल्लेखित प्रस्ताव उपर सुझाव दिने कार्य सम्पन्न संगै बैठकले कार्यसूचीमा रहेको प्रस्ताबहरुलाई अनुमोदन गरेको छ । साथै, एकाइ बैठक  १२० जना प्रतिनिधि सदस्य र ३ जना माइन्युट प्रमाणित प्रतिनिधि सदस्य चयन पनि गरेको छ ।  
साकोसले उपस्थित २५ जना सदस्यहरुलाई लक्की ड्र मार्फत उपहार स्वरूप प्रेसर कुकर सामान प्रदान गरिएको थियो । १७ वर्ष अघि स्थापना भएका ३ वटा साकोस ३ वर्ष अघि एकीकरण भए पच्यातको चौथो वार्षिक साधारण सभाको अवसरमा तेस्रो एकाई बैठकको स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाको र कार्यक्रम संचालन  मुख्य प्रवन्धकको रहेको थियो । 
असोज १ गते शनिबार ओमसतिया–१ ठुटीपिपल स्थित ठुटीपिपल माध्यमिक बिद्धालय प्रांगणमा बिहान १०.३०  बजे ओमसतिया गाउँपालिका वडा न. १ सिद्धार्थ राजमार्ग पुर्व तर्फ बसोबास गर्ने सदस्य केन्द्रित चौथो एकाई बैठक सम्पन्न हुनेछ ।


लुम्बिनी चिन्तन

थप समाचार