Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पञ्चकन्या समूहद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोष छात्रवृत्ति वितरण


  • लुम्बिनी चिन्तन
  • आश्विन ७, २०७९ शुक्रवार
  • 434
    SHARES

पञ्चकन्या समूहद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोष छात्रवृत्ति वितरण


भैरहवा असोज ७ /
पञ्चकन्या समूहद्वारा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोषबाट ९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । 
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमबीच छात्रवृत्ति प्रदान गरिएको हो । कोटिहवामा रहेको पञ्चकन्या समूहले २०७० सालमा विद्यालयमा अक्षयकोष स्थापना गरेको थियो ।
पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुले अनुसार २०७६ सालको एसईईमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरेलाई छात्रवृत्ति प्रदान गरिएको बताउनु भयो । त्यस्तै २०७७ सालको एसईईमा विद्यालय प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल तथा २०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रथम हुनेलाई १० हजार तथा द्वितीय र तृतीय हुनेलाई ५ हजारका साथै प्रशंसापत्र प्रदान गरिएको थियो ।  विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण र पञ्चकन्या समूहका उपाध्यक्ष एवं कोषका अध्यक्ष धु्रव कुमार श्रेष्ठ लगायतले छात्रवृत्ति वितरण गर्नु भएको थियो ।
कोरोनाका कारण अघिल्लो दुई वर्षको छात्रवृत्ति पनि यसैपटक वितरण गरिएको अक्षयकोषका सचिव तथा विद्यालयका पूर्वप्रधानाध्यापक कृष्ण प्रसाद घिमिरेले बताउनु भयो ।  
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खाँणले राज्यले गर्ने काम पञ्चकन्या समूहले गरेको बताउनु भयो । उहाले शिक्षा, धार्मिक, सामाजिक कार्यमा निरन्तर रुपमा समूह अगाडि बढेको बताउनु भयो । ‘तिलोत्तमा नगरप्रमुखमा निर्वाचन भइसकेपछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउन पोषण तथा दिवा खाजामा संघीय सरकारबाट प्रदान हुँदै आएको १५ रुपैयाँमा नगरपालिकाकोतर्फबाट १० रुपैयाँ थपेर २५ रुपैयाँ गरिएको उहाले बताउनु भयो ।
कोषका अध्यक्ष धु्रव कुमार श्रेष्ठले उद्योगबाट नजिकको विद्यालय भएकाले पनि आफूहरुले पशुपति माविलाई विशेष प्राथमिकता दिएर सहयोग गर्दै आएको बताउनु भयो । उहाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका काममा आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले शिक्षा क्षेत्रको विकासमा आफूहरुले साथ र सहयोग जारी राख्ने बताउनु भयो । कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले पञ्चकन्या समूहले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद बस्यालले पञ्चकन्या समूहले अतुलनीय योगदान पुर्याएको भन्दै धन्यवाद व्यक्त गर्नु भयो । विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराईले पञ्चकन्या समूहले विद्यालयलाई भौतिक पूर्वाधार, विभिन्न सामग्री उपलब्ध गराउँदै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको बताउनु भयो ।
विद्यालयका पूर्व प्रधानाध्यापक तथा  पञ्चकन्या समूह प्रेम बहादुर श्रेष्ठ अक्षयकोषका सचिव कृष्ण प्रसाद घिमिरेले गरीब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको बताउनु भयो ।
विद्यालयका सहायक प्रधानाध्यापक चक्रपाणी बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार