Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संगठनको आयोजनामा सिद्धार्थ सडक खाना महोत्सव २०७७ आयोजना हुने

खस्केको पर्यटन उकासिने अपेक्षा


  • लुम्बिनी चिन्तन
  • चैत्र १, २०७७ आइतवार
  • 880
    SHARES

संगठनको आयोजनामा सिद्धार्थ सडक खाना महोत्सव २०७७ आयोजना हुने

भैरहवा । नेपाली नयां वर्ष २०७८ को पुर्वसन्ध्यामा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव २०७७ हुने भएको छ ।

कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको खाना महोत्सवलाई यस वर्ष भने भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी थालिएको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीले आईतबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

विश्व महामारीले थला परेको यस क्षेत्रको पर्यटन व्यवसायलाई अलिकति भएपनि चलायमान बनाउने उद्देश्यका साथ सडक खाना महोत्सवको आयोजना गरिएको आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

२०७७ को अन्तिम दिन चैत ३१ गते मंगलबार सिद्धार्थनगर १३ देवकोटाचोक देखि  वसपार्क सम्मको सडकमा महोत्सव आयोजना हुने र ५० हजारको हाराहारीमा दर्शक सहभागी हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले बताए ।

करीब एक सय वटा स्टलमा विभिन्न जातजाति,संस्कृतिसंग जोडिएका खानाका परिकार पस्किनुका साथै राष्ट्रिय स्तरका कलाकार,स्थानीय विभिन्न जातजातिका सांस्कृतिक नृत्य,डिजे लगायतबाट दर्शकलाई मनोरन्जन प्रदान गरिने कार्यक्रम संयोजक तथा संगठनका कोषाध्यक्ष सचिन रोकाले जानकारी दिए ।

लामो समय कोरोनाको डरले घरभित्रै थुनिएका दर्शकलाई नयां वर्षको यो कार्यक्रमले  विषेश मनोरन्जन प्रदान गर्ने आयोजकको बुझाई छ । सिद्धार्थनगरको बिच भागमा आयोजना गरिन थालेको यस महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका साथै आसपासका पालिकाका र छिमेकी देश भारतका विभिन्न स्थानबाट समेत दर्शक आउने अनुमान आयोजकको छ ।

संगठनको आयोजनामा हुने उतm सडक खाना महोत्वसमा सह आयोजकको रुपमा सिद्धार्थनगर नगरपालिका,उद्योग,पर्यटन,वन तथा वातावरण मनत्रालय,लुम्बिनी प्रदेश रहने छन् । यस्तै कार्यक्रमको सहयोगी संस्थाको रुपमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही, सिद्धार्थ होटल एशोसिएशन,नाटा लुम्बिनी प्रदेश,सोटो सिद्धार्थनगर लगायतका पर्यटन संग सम्बन्धित संघसंस्था रहनेछन् ।

 


लुम्बिनी चिन्तन

थप समाचार