भैरहवा फागुन ३/
श्रीकृष्ण नेत्रालय, भैरहवा र डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासी बीच सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
आंखा उपचारका क्षेत्रमा उत्कृष्ठ काम गर्दै आएका दुई संस्थाहरु बिच एक आपसमा सहकार्य गरी उपचार सेवा लगायतका कामहरु समन्वय गरि गर्ने बिषयमा सम्झौता भएको श्रीकृष्ण नेत्रालयल भैरहवाका प्रवन्ध निर्देशक आमोद सिंहले बताए ।
श्रीकृष्ण नेत्रालयको तर्फबाट प्राध्यापक डा. सलमा के.सी. र डा. विनोद निता कणडेल आँखा अस्पताल परासीको तर्फ बाट मञ्जु कंडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
यो सम्झौता संगै आंखा उपचारका लागी उत्कृष्ठ सेवा प्रदान गर्न सहजीकरण हुने बिश्वास लिइृएको छ ।