Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

आज सुनको भाउ सामान्य बढ्यो, चाँदी भने स्थिर


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०८१ आइतवार
  • 358
    SHARES

आज सुनको भाउ सामान्य बढ्यो, चाँदी भने स्थिर

भैरहवा, आसार १६ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । 
यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार