Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

निरन्तर पाँचौं दिन पनि सुनको भाउ बढ्यो , आजको मूल्य कति छ ?


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०८१ बुधवार
  • 330
    SHARES

निरन्तर पाँचौं दिन पनि सुनको भाउ बढ्यो , आजको मूल्य कति छ ?

भैरहवा, असार १९ । नेपाली बजारमा सुनको भाउ लगातार ५ दिन बढेको छ । लगातार उकालो लागेको सुनको भाउ ५ दिनसम्ममा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोल ४०० रुपैयाँले बढेर १ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार, आइतबार, सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १०००, २००, २०० र १०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १८ सय ५ रुपैयाँ कायम रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार