Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै विद्युत् प्राधिकरणको २ सञ्चालक भए पदमुक्त


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८१ आइतवार
  • 520
    SHARES

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै विद्युत् प्राधिकरणको २ सञ्चालक भए पदमुक्त

भैरहवा, साउन २० । नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त भएका छन् । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै साउन १६ दुवै जनालाई उर्जामन्त्री दिपक खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । उनीहरुले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।


लुम्बिनी चिन्तन

थप समाचार