Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कुलमान घिसिङ: देश पूर्ण रुपमा बिद्युतीकरण भएको घोषणा हुन बाँकी छ ।


  • लुम्बिनी चिन्तन
  • श्रावण २५, २०८१ शुक्रवार
  • 444
    SHARES

कुलमान घिसिङ: देश पूर्ण रुपमा बिद्युतीकरण भएको घोषणा हुन बाँकी छ ।

भैरहवा, साउन २५ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमित बिद्युत आपूर्तीको लागि विशेष व्यव्स्था मिलाइएको बताएका छन् । 
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा प्राधिकरण सुधारको लागि उल्लेख्य काम भएको भएको दाबी गर्दै नागरिकको घर घरमा बिद्युतीकरणको काम अघि बढेको बताए । उनले आफूले प्राधिकरणलाई  नाफामा  लगेको समेत बताए । उनले झण्डै ९९ प्रतिशत नागरिकको घरमा बिजुली पुगेको भन्दै अब देश पूर्ण रुपमा बिद्युतीकरण भएको घोषणा हुन बाँकी रहेको दाबी गरे । घिसिङले चेपाङ लगायत पिछडीएका बर्ग र समुदायको बस्तीमा निशुल्क बिद्युत जडानको काम अघि बढेको बताए । दोस्रो कार्यकालका लागि घिसिङ २०७८ साउन २५ गते कार्यकारी निर्देशक बनेका थिए । थप जानकारी उनले जारी पत्रकार सम्मेलनमा दिइरहेका छन् । 


लुम्बिनी चिन्तन

थप समाचार