Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

२५ जनाभन्दा बढी भेला नहुनुहोस् : स्वास्थ्य मन्त्रालय


  • लुम्बिनी चिन्तन
  • चैत्र २७, २०७७ शुक्रवार
  • 706
    SHARES

२५ जनाभन्दा बढी भेला नहुनुहोस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोभिड–१९को दोस्रो लहर बढेकाले २५ जनाभन्दा बढी मानिस भेला नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । 

पछिल्लो समयमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि,धेरै भिडभाड नर्गन र २५ जना भन्दा बढि मानिस एकैठाँउ भेला नहुन आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । 

जटिल परिस्थितिको विशेष ख्याल गरेर मात्र स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस सञ्चालन गर्न आग्रह गर्दै , डा।गौतमले भने , कोभिड विरुद्ध तोकिएका स्वास्थ्य मापदण्ड पूरा नगरि सञ्चालन गरेमा उच्च भिडभाड हुने स्थलहरु बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । दिनदिनै संक्रमितको दर उकालो लाग्दो छ, यो अवस्थामा हामीले ध्यान दिएनौं भने फेरि संक्रमण उच्च हुने देखिन्छ ।

भिडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने पनि मन्त्रालयले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार